प्रदेश १ काे मुख्यमन्त्रीमा कार्की चयन

प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा एमालेका स्थायी कमिटी सदस्य एवं प्रदेश सहइन्चार्ज हिक्मत कार्की चयन भएका छन । सत्तारूढ दलहरुबीच भागबन्डा टुंगिएसँगै आइतबार
मुख्यमन्त्रीमा कार्की चयन भएका हुन ।

मुख्यमन्त्री कार्कीलाई प्रदेशसभाका ६० सांसदहरूको समर्थन प्राप्त भएकाे छ । कार्कीले एमालेसहित माओवादी ,राप्रपा र जसपाका सांसदहरूको समर्थनमा दाबी पेश गरेका थिए । प्रदेश १ मा सत्ता गठबवन्धनबाट एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका १ गरी कुल ६० सांसदहरुले समर्थन गरेका हुन् ।
नवनियुक्त मुख्यमन्त्री कार्कीले आज पद तथा गोपनीयताको शपथ लिदैछन् । यसअघि एमालेका शेरधन राई, भीम आचार्य र नेकपा एसबाट राजेन्द्र राई मुख्यमन्त्री बनिसकेका छन् भने कार्की चाैथाे मुख्यमन्त्री हुन् ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर जबराकाे निधन
- २ सामाजिक सुरक्षा काेष स्थापना गर्न पत्रकारलाई मुख्यमन्त्री जम्कट्टेलकाे आग्रह
- ३ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- ४ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ५ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ६ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ७ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ८ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
प्रतिक्रिया दिनुहोस