पुस २६ गते प्रधानमन्त्रीले विस्वासकाे मत लिने

काठमाडौ – प्रधानमन्त्री पुष्पकमल दाहालले (प्रचण्ड) ले प्रतिनिधि सभामा पुस २६ गते विस्वासकाे मत लिने भएका छन् ।
प्रधानमन्त्री दाहालले साेमवार सङ्घीय संसद्का महासचिवलाई पत्र मार्फत २६ गते विश्वासको मत लिने व्यवस्था मिलाइदिन आग्रह गरेका छन् । प्रधानमन्त्रीले प्रतिनिधि सभाको विश्वासकाे मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार दाहालले विश्वासको मत लिन लागेका हुन।
प्रतिनिधि सभाका २ सय ७५ सदस्य मध्ये प्रधानमन्त्री बन्नका लागि १ सय ३८ सांसदको समर्थन लिनुपर्न हुन्छ ।
प्रतिनिधि सभाबाट विश्वासको मत पाप्त भएपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने बताएका छन् ।
प्रतिनिधि सभाको पहिलो बैठक यही पुष २५ गते बस्दै छ । यसअघि नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष (प्रचण्ड) पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ लुटपाट गर्ने एक पुरुष पक्राउ
- २ देउसी खेलेकाे पैसाले खाजा खाएर आफ्नाे गाउँ आफै जाेगाऊ अभियानमा गाइखुराका माझी
- ३ सगरमाथा आरोहणबारे अनुगमन गर्न आधार शिविरमा पर्यटनमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल
- ४ युनियनले २० बुदे घाेषणापत्र जारी गर्दै पूरा गर्याे अन्तर्राष्ट्रिय लाेमन्थाङ मिडिया समिट
- ५ प्रेस युनियनकाे आयाेजनामा बैशाख २७ देखि ३० सम्म अन्तर्राष्ट्रिय मिडिया समिट हुदै
- ६ भारत पाकिस्तान तनावबारे नेपालकाे धारणा सार्वजनिक
- ७ बागमती प्रदेशभर आज सार्वजनिक बिदा
- ८ उत्कृष्ट सुचना अधिकारी २०८२ बाट मन्थलीका सुचना अधिकारी बुढाथोकी सम्मानित
प्रतिक्रिया दिनुहोस