स्वतन्त्र सांसद शाह एमाले प्रवेश

राैतहट- रौतहट क्षेत्र नम्बर २ बाट निर्वाचित स्वतन्त्र सङ्घीय सांसद किरण कुमार साह नेकपा एमालेमा प्रवेश गरेका छन् । सोमबार एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्वतन्त्र सांसद साहलाई एमालेमा प्रवेश गरेका हुन्।
स्वतन्त्र सांसद किरण साहकाे पार्टी प्रवेश कार्यक्रममा उक्त पुर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगै अर्थमन्त्री विष्णु पौडेल, रौतहट क्षेत्र १ का सङ्घीय सांसदका प्रत्यासी अजयकुमार गुप्ता, प्रदेश सांसदका प्रत्यासी राजकिशोर यादव, एमालेका स्थानीय नेता शेख फजिले हक लगायतको उपस्थिति रहेको थियाे ।
गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवार किरण साहले तत्कालीन सत्ता गठबन्धन दलका उम्मेदवार फोर्दोस आलमलाई झन्डै ७ हजार मत अन्तरले पराजित गरी विजयी भएका थिए ।
२०७७ सालमा जसपा परित्याग गरी एमालेमा प्रवेश गरेका उनी गत निर्वाचनमा क्षेत्र २ मा एमाले जसपा गठबन्धनबाट जसपाका उम्मेदवार शैलेन्द्र साहले प्रतिनिधिसभा सदस्यको टिकट पाएपछि एमाले छोडेर स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ प्रेस युनियनकाे आयाेजनामा बैशाख २७ देखि ३० सम्म अन्तर्राष्ट्रिय मिडिया समिट हुदै
- २ भारत पाकिस्तान तनावबारे नेपालकाे धारणा सार्वजनिक
- ३ बागमती प्रदेशभर आज सार्वजनिक बिदा
- ४ उत्कृष्ट सुचना अधिकारी २०८२ बाट मन्थलीका सुचना अधिकारी बुढाथोकी सम्मानित
- ५ राज्यकाे काममा जनताको निगरानी बढाउन सूचनाको हक अत्यावश्यक :- राष्ट्रपति
- ६ शिक्षक आन्दोलनका कारण स्थगित कक्षा १२ काे परीक्षा आजबाट सुरु हुँदै
- ७ लुम्बिनी प्रदेशका पत्रकारलाई मिडियामा एआइको प्रयोग सम्बन्धी तालीम
- ८ शैक्षिक आन्दोलन र शिक्षक
प्रतिक्रिया दिनुहोस