नेविसंघ रामेछापमा विवाद, दुई कार्यसमिति क्रियाशिल
रामेछाप । नेपाल विद्यार्थी संघ रामेछापमा समानान्तर दुई कार्यसमितिले आ आफ्नो कार्यक्रम संचालन गर्न थालेका छन् ।
नेपाल विद्यार्थी संघको केन्द्रीय समितिले गत असोज १७ गते विनोद बुढाथोकीलाई ३ महिना भित्र जिल्ला अधिवेशन गराउने गरी जिल्ला अध्यक्षको जिम्मेवारी दिएको थियो । केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले दस्तखत गरेर बुढाथोकीलाई प्रदान गरेको पत्रमा ११ बर्ष देखि जिल्ला अधिवेशन नभएको र ३२ बर्ष उमेर हद पनि आकर्षित भएको जनाउने जिल्ला अध्यक्षको जिम्मेवारी प्रदान गरेका थिए । त्यस अघि सुशिल अधिकारी जिल्ला अध्यक्षको जिम्मेवारीमा रहेर कार्य गर्दै आएका थिए ।
निर्वाचनको बेलामा नेपाल विद्यार्थी संघको अध्यक्ष हटाएर बुढाथोकीलाई वनाएको विषयमा पार्टी तहमा समेत विवादीत बनेको थियो । तर नेपाली काँग्रेस जिल्ला सभापति पूर्णवहादुर तामाङ (कान्छाराम)ले अधिकारीलाई जिल्ला समितिको आमन्त्रित सदस्य वनाएर नेपाल विद्यार्थी संघका बुढाथोकीलाई समर्थन गराउने वातावरण वनाएका थिए ।
अधिकारीले काँग्रेसको आमन्त्रित सदस्य पाएर चित्त वुझाएपनि उनको पक्षका अन्य विद्यार्थी नेताहरुले बुढाथोकीलाई अध्यक्ष अस्वीकार गरी अधिकारीलाईनै अध्यक्षको रुपमा अघी सार्दै आएका छन । पछिल्लो पटक अधिकारीले नेपाल विद्यार्थी संघको लेटरप्याडमा ४७ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा काठमाण्डौंमा अन्तरक्रियाका लागि अतिथि आमन्त्रण गरेको पत्रमा दस्तखत गरेपछि विवाद अझ सतहमा उत्रिएको छ । यसअघी जिल्ला अधिवेशनका लागि केन्द्रमा अधिकारी सहितका नेताले ध्यानाकर्षण पत्र समेत वुझाएका थिए ।
नेपाल विद्यार्थी संघको केन्द्रीय समितिले बुढाथोकीलाई दिएको पत्र पछाडि रामेछापका लागि अर्को पत्र नकाटेको र अधिकारीलाई नै आधिकारीक हुने कुनै निर्णय नगरेकोले बुढाथोकी पक्षधरनेै आधिकारीक समिति भएको एकाथरिको भनाई छ । तर अधिकारी पक्ष भने बुढाथोकीलाई पार्टीले विधि र पद्धति मिचेर अध्यक्ष वनाएकोमा आपत्ति जनाउदै आधिकारीक नेविसंघ आफ्नो नेतृत्वमानै रहेको दावि गर्दै आएको छ । उसले १६ पुसमा कार्यक्रमकै आयोजना गरेको छ । नेपाल विद्यार्थी संघको विवादमा रामेछाप काँग्रेसका नेताहरुनै दुई धारमा छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- २ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ३ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ४ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ५ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ६ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- ७ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ८ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम















प्रतिक्रिया दिनुहोस