कांग्रेस बागमती प्रदेशकाे संसदीय दलकाे नेतामा लामा चयन

हेटौंडा – नेपाली कांग्रेस बागमती प्रदेशकाे संसदीय दलको नेतामा बहादुर सिंह लामा चयन भएका छन् । बुधबार भएकाे संसदीय दलको निर्वाचनबाट लामा चयन भएका हुन ।

प्रदेश राजधानी हेटौंडाकाे कांग्रेस संसदीय दलको कार्यालयमा भएको संसदीय दलकाे नेताकाे निर्वाचनमा २१ मत सहित लामा चयन भएका छन् । निर्वाचनमा बानियाँले १६ मत प्राप्त गरका छन् । प्रदेशमा कांग्रेसका ३७ जना सांसद रहेका छन् ।
नेता लामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन भने बानियाँ नेपाली कांग्रेस बागमती प्रदेशका सभापति हुन् ।संस्थापन पक्षबाट लामाकाे उम्मेदवारी रहेकाे थियाे भने बानियाँलाई संस्थापनको इतरपक्षकाे समर्थनमा रहेकाे थियाे ।
बानियाँ मकवानपुर क्षेत्र नम्बर २ को प्रदेशसभा ख बाट निर्वाचित हुन् भने लामा नुवाकोट क्षेत्र नम्बर २ को ख बाट निर्वाचित सांसद हुन् ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
- २ रामेछाप जेसिजद्वारा विद्यार्थीका लागि ट्राक सुट वितरण
- ३ बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा चिवतन प्रथम
- ४ उमाकुण्डमा बाेलेराे दुर्घटना हुदा चालककाे मृत्यु
- ५ काँग्रेसको विश्वासको मतले अर्थ राख्दैन – एमाले सचिव विष्ट
- ६ रामेछापमा प्रदेश स्तरीय भलिबल प्रतियोगिता हुदै
- ७ भागबन्डा टुङ्गियाे आजै मन्त्रीपरिसद विस्तार हुने
- ८ साेमबार शाेक विदा
प्रतिक्रिया दिनुहोस