कांग्रेस बागमती प्रदेशकाे संसदीय दलकाे नेतामा लामा चयन
हेटौंडा – नेपाली कांग्रेस बागमती प्रदेशकाे संसदीय दलको नेतामा बहादुर सिंह लामा चयन भएका छन् । बुधबार भएकाे संसदीय दलको निर्वाचनबाट लामा चयन भएका हुन ।
प्रदेश राजधानी हेटौंडाकाे कांग्रेस संसदीय दलको कार्यालयमा भएको संसदीय दलकाे नेताकाे निर्वाचनमा २१ मत सहित लामा चयन भएका छन् । निर्वाचनमा बानियाँले १६ मत प्राप्त गरका छन् । प्रदेशमा कांग्रेसका ३७ जना सांसद रहेका छन् ।
नेता लामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन भने बानियाँ नेपाली कांग्रेस बागमती प्रदेशका सभापति हुन् ।संस्थापन पक्षबाट लामाकाे उम्मेदवारी रहेकाे थियाे भने बानियाँलाई संस्थापनको इतरपक्षकाे समर्थनमा रहेकाे थियाे ।
बानियाँ मकवानपुर क्षेत्र नम्बर २ को प्रदेशसभा ख बाट निर्वाचित हुन् भने लामा नुवाकोट क्षेत्र नम्बर २ को ख बाट निर्वाचित सांसद हुन् ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- २ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- ३ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ४ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- ५ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- ६ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- ७ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ८ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय













प्रतिक्रिया दिनुहोस