पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त
काठमाण्डौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएका छन् । उनी तेश्रो पटक प्रधानमन्त्री नियुक्त भएका हुन ।
राष्ट्रपति विद्यादेवि भण्डारीले नेपालको संविधानको धारा ७६ (२) बमोजिम २ वा २ भन्दा दलको समर्थन प्राप्त गरेका ‘प्रचण्ड’ लाई आईतवार अपरान्ह प्रधानमन्त्री पदमा नियुक्ती गरेकी हुन । नवनियुक्त प्रधानमन्त्री प्रचण्डले सोमबार अपरान्ह प्रधानमन्त्री पदको सपथ लिनेभएका छन् ।
यस अघी राष्ट्रपति भण्डारीले दिएको समय सिमा आईतबार साँझ ५ वजे ‘प्रचण्ड’ ले संविधानको धारा ७६ (२) बमोजिम प्रतिनिधिसभाका बहुमत सदस्य आफ्नो समर्थनमा रहेको दावि पेश गरेका थिए । दावि प्रश्तुत गरेको केहि बेरमा उनलाई भण्डारीले प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन ।
काँग्रेस संग सहकार्य हुन नसक्ने भन्दै ‘प्रचण्ड’ लगाएतका राजनीतिक दलहरु एमाले संगको सहकार्यमा जुटेका थिए । एमालेले प्रचण्डलाई प्रधानमन्त्री स्वीकारेपछि केहि घण्टामानै सत्ता गठवन्धन विथोलिएको थियो ।
प्रचण्डलाई एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थन जुटेको छ । त्यसैगरी ३ जना स्वतन्त्र सांसदले पनि ‘प्रचण्ड’ लाई प्रधानमन्त्रीमा समर्थन दिएका छन् । सरकार गठनका लागि कुल १ सय ३८ सिट आवश्यक रहेकोमा प्रचण्डले दल र स्वतन्त्र सहित १६९ सांसदको समर्थन पाएका थिए ।
संसदको सवैभन्दा ठुलो दल नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवाले प्रधानमन्त्रीको दावि अन्तिम सम्म नछोडे पछि सत्ता समिकरण अन्यत्र जुटेको हो । काँग्रेस अव प्रमुख प्रतिपक्ष हुने भएको छ । सरकारमा सामेल नेकपा एकिकृत समाजवादी, राजमो र नेमकिपा अव सत्ता वाहिर हुने भएका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ गए राति १२ बजेदेखि मौन अवधि सुरु
- २ रामेछापमा गाडी दुर्घटना : दुईकाे मृत्यु ७ घाइते
- ३ कम्युनिष्ट पार्टीलाईलाई सघाउने हल्ला निराधार : उज्यालो नेपाल पार्टी
- ४ उमाकुण्डका प्रभावशाली नेता हिक्मत ,रामचन्द्रले टिकेट पाएसँगै फर्किए कांग्रेस
- ५ कांग्रेसकाे चुनावी अभियान प्रभावकारी बनाउन वडा स्तरमा समिति बिस्तार
- ६ लामिछानेका विश्वास पात्र प्रणय शमशेर राणाले छाडे रास्वपा
- ७ सवारी दुर्घटनाका पिडितसँग प्रशासनकाे ११ बुदे सहमति क्षतिपूर्ति तत्काल उपलब्ध गराउन निर्देशन,
- ८ रामेछापमा भएकाे बस दुर्घटना प्रति कांग्रेस उमेदवार खड्काद्वारा शाेक व्यक्त















प्रतिक्रिया दिनुहोस