पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त

काठमाण्डौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएका छन् । उनी तेश्रो पटक प्रधानमन्त्री नियुक्त भएका हुन ।
राष्ट्रपति विद्यादेवि भण्डारीले नेपालको संविधानको धारा ७६ (२) बमोजिम २ वा २ भन्दा दलको समर्थन प्राप्त गरेका ‘प्रचण्ड’ लाई आईतवार अपरान्ह प्रधानमन्त्री पदमा नियुक्ती गरेकी हुन । नवनियुक्त प्रधानमन्त्री प्रचण्डले सोमबार अपरान्ह प्रधानमन्त्री पदको सपथ लिनेभएका छन् ।
यस अघी राष्ट्रपति भण्डारीले दिएको समय सिमा आईतबार साँझ ५ वजे ‘प्रचण्ड’ ले संविधानको धारा ७६ (२) बमोजिम प्रतिनिधिसभाका बहुमत सदस्य आफ्नो समर्थनमा रहेको दावि पेश गरेका थिए । दावि प्रश्तुत गरेको केहि बेरमा उनलाई भण्डारीले प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन ।
काँग्रेस संग सहकार्य हुन नसक्ने भन्दै ‘प्रचण्ड’ लगाएतका राजनीतिक दलहरु एमाले संगको सहकार्यमा जुटेका थिए । एमालेले प्रचण्डलाई प्रधानमन्त्री स्वीकारेपछि केहि घण्टामानै सत्ता गठवन्धन विथोलिएको थियो ।
प्रचण्डलाई एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थन जुटेको छ । त्यसैगरी ३ जना स्वतन्त्र सांसदले पनि ‘प्रचण्ड’ लाई प्रधानमन्त्रीमा समर्थन दिएका छन् । सरकार गठनका लागि कुल १ सय ३८ सिट आवश्यक रहेकोमा प्रचण्डले दल र स्वतन्त्र सहित १६९ सांसदको समर्थन पाएका थिए ।
संसदको सवैभन्दा ठुलो दल नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवाले प्रधानमन्त्रीको दावि अन्तिम सम्म नछोडे पछि सत्ता समिकरण अन्यत्र जुटेको हो । काँग्रेस अव प्रमुख प्रतिपक्ष हुने भएको छ । सरकारमा सामेल नेकपा एकिकृत समाजवादी, राजमो र नेमकिपा अव सत्ता वाहिर हुने भएका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ पत्रकार पाठकलाई तत्काल पक्राउ नगर्न अदालतकाे अल्पकालीन आदेश
- २ भावुक स्टाटस लेखेर सम्पर्क बिहिन भएका डा: श्रेष्ठ शकुसल फेला
- ३ महिलाहरुका लागि सशक्तीकरण तथा सचेतना कार्यक्रम
- ४ वैदेशिक राेजगारीका क्रममा ठगिमा परेकाले सामीकाे पहलमा पाए ५१ लाख ३६ हजार
- ५ अहमदाबाद विमानस्थलबाट लण्डनका लागि उडान विमान दुर्घटना
- ६ विपद पूर्व तयारी तथा उद्वारकाे पूर्व अभ्यास प्रदर्शन
- ७ मन्थलीका सबै वडा एकैसाथ बालमैत्री घाेषणा : दिगाेपनाका लागि निरन्तरता दिने प्रतिबद्धता
- ८ रामेछाप नगरकाे सबै वडा एकैदिन बालमैत्री घाेषणा
प्रतिक्रिया दिनुहोस