संघीय सांसदहरुकाे सपथ बिहिवार हुने
काठमाडौ – मंसिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित प्रतिनिधि सभाका सांसदहरूकाे बिहिवार सपथ लिने संघिय संसद सचिवालयले तयारी गरेकाे जनाएकाे छ । प्रतिनिधिसभामा निर्वाचित २ सय ७५ सांसदहरूको सपथ पुस ७ गते बिहिवार १ बजे गर्ने तयारी गरिएकाे सचिवालयले जनाएकाे हाे ।
संघीय संसद सचिवालयका सचिव गोपालनाथ योगीका अनुसार नवनिर्वाचित सांसदहरूको सपथका लागि सचिवालयले तयारी पूरा गरेकाे जानकारी दिएका छन् ।
सपथमा राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचित सदस्यहरु मध्ये जेष्ठ सदस्यलाई सपथ ग्रहण गराउने छन् भने अन्य सदस्यहरुलाई जेष्ठ सदस्यले शपथ गराउनेछन् । शपथग्रहण कसले गराउने भन्नेबारे पनि संसद् सचिवालयले तयारी गरेको छ ।
निर्वाचित सदस्यहरु मध्ये जेष्ठ सदस्य छनाैटक लागि सचिवालयले सदस्यहरुकाे नागरिकतालाई आधार मान्ने जनाएकाे छ ।
सपथ गराउने तीन दिनअगावै संघीय संसद् सचिवालयले सूचना जारी गर्नुपर्ने हुन्छ । प्रतिनिधिसभा नियमावलीमा भएकाे व्यवस्था अनुसार कुनै सांसदले मातृभाषामा सपथ लिने भए तीन दिन अगावै सूचना दिनुपर्ने व्यवस्था छ । त्यसैले सचिवालयले सपथको मिति सोमबार नै सार्वजनिक गरेकाे हाे ।
राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १० गतेभित्र सरकार आह्वान गरेको अवस्थामा त्यसपहिले नै सांसदहरूको शपथ हुन लागेको हो ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ रामेछापमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु
- २ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- ३ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ४ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ५ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ६ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ७ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ८ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन













प्रतिक्रिया दिनुहोस