संघीय सांसदहरुकाे सपथ बिहिवार हुने

काठमाडौ – मंसिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित प्रतिनिधि सभाका सांसदहरूकाे बिहिवार सपथ लिने संघिय संसद सचिवालयले तयारी गरेकाे जनाएकाे छ । प्रतिनिधिसभामा निर्वाचित २ सय ७५ सांसदहरूको सपथ पुस ७ गते बिहिवार १ बजे गर्ने तयारी गरिएकाे सचिवालयले जनाएकाे हाे ।
संघीय संसद सचिवालयका सचिव गोपालनाथ योगीका अनुसार नवनिर्वाचित सांसदहरूको सपथका लागि सचिवालयले तयारी पूरा गरेकाे जानकारी दिएका छन् ।
सपथमा राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचित सदस्यहरु मध्ये जेष्ठ सदस्यलाई सपथ ग्रहण गराउने छन् भने अन्य सदस्यहरुलाई जेष्ठ सदस्यले शपथ गराउनेछन् । शपथग्रहण कसले गराउने भन्नेबारे पनि संसद् सचिवालयले तयारी गरेको छ ।
निर्वाचित सदस्यहरु मध्ये जेष्ठ सदस्य छनाैटक लागि सचिवालयले सदस्यहरुकाे नागरिकतालाई आधार मान्ने जनाएकाे छ ।
सपथ गराउने तीन दिनअगावै संघीय संसद् सचिवालयले सूचना जारी गर्नुपर्ने हुन्छ । प्रतिनिधिसभा नियमावलीमा भएकाे व्यवस्था अनुसार कुनै सांसदले मातृभाषामा सपथ लिने भए तीन दिन अगावै सूचना दिनुपर्ने व्यवस्था छ । त्यसैले सचिवालयले सपथको मिति सोमबार नै सार्वजनिक गरेकाे हाे ।
राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १० गतेभित्र सरकार आह्वान गरेको अवस्थामा त्यसपहिले नै सांसदहरूको शपथ हुन लागेको हो ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ राष्ट्रिय पदमार्ग निर्माण मापदण्ड’ सबै तहका सरकारले लागू गर्ने
- २ प्रणवानन्द आश्रममा बालबालिकालाई पूर्ण नि:शुल्क अध्यापन
- ३ मन्थली नगरपालिका: जेष्ठमसान्त भित्र बालमैत्री नगर घाेषणा हुँदै
- ४ राष्ट्र बैंककाे गभर्नरमा डा: बिश्वनाथ पाैडेल नियुक्त
- ५ लुटपाट गर्ने एक पुरुष पक्राउ
- ६ देउसी खेलेकाे पैसाले खाजा खाएर आफ्नाे गाउँ आफै जाेगाऊ अभियानमा गाइखुराका माझी
- ७ सगरमाथा आरोहणबारे अनुगमन गर्न आधार शिविरमा पर्यटनमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल
- ८ युनियनले २० बुदे घाेषणापत्र जारी गर्दै पूरा गर्याे अन्तर्राष्ट्रिय लाेमन्थाङ मिडिया समिट
प्रतिक्रिया दिनुहोस