मतदातालाई धन्यवाद दिन सांसदहरु घर- घरमा
ईन्दिरा बोहोरा ।
रामेछाप – रामेछापबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित पुर्ण बहादुर तामाङ (कान्छाराम) र प्रदेश सभा सदस्य तारानारायण श्रेष्ठ मतदालाइ धन्यवाद दिन मतदाताकाे घर- घरमा पुगेका छन् ।मतदाताकाे मतले नै आफू सांसद भएकाे भन्दै सांसदहरू मतदातालाई धन्यवाद दिन मतदाताकाे घर- घरमा पुगेका हुन ।
यहि मंसिर ४ गते सम्पन्न भएकाे निर्वाचनमा कान्छाराम रामेछापबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । कान्छारामले प्रतिपक्षदल नेकपा एमालेका कैलाश ढुङ्गेललाइ १६ हजार मतले पछिपार्दै ४६ हजार मत सहित निर्वाचित भएका थिए । समाजसेवीकाे रुपमा पहिचाान बनाउन सफल कान्छारामले नेपाली कांग्रेसकाे तर्फबाट उम्मेदवारी दिएका थिए । उनी नेपाली कांग्रेस रामेछापका जिल्ला सभापति हुन ।
मतदातालाई धन्यवाद दिन रामेछाप नगरपालिकाका पुगेका सांसद कान्छाराम जिल्ला भरीनै घुमेर सबै मतदातालाइ भेटेर धन्यवाद दिने बताएउछन् । उनी भन्छन् सांसद भेट्न आयाे भनेर मतदाता पनि खुसि हुने उनिहरुकाे समस्य र विकासकाे आवस्यकता पनि बुझ्न माैका मिल्ने भएकाले यसरी धन्यवाद दिन मतदाता समक्ष आएकाे हुँ ।
निर्वाचित भएपछि सांसदलाई मत माग्न आउदा जसरी नै आफ्नै घरमा भेट्न पाउँदा मतदाता पनि दंग परेका छन् । मतदाता भन्छन् हाम्रो मतकाे कदर गर्दै गाँउकाे विकास गर्दिनु अरु सांसद जस्तो गाउँ फर्केरै नआउने नगर्नुहाेला ।
मतदातालाई धन्यवाद दिन प्रतिनिधि सभा सदस्य पुर्ण बहादुर तामाङ (कान्छाराम) प्रदेश सभा सदस्य तारानारायण श्रेष्ठ सहित नेपाली कांग्रेस तथा सत्ता गठबन्धन दलका नेताहरु हिडेका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- २ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ३ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय
- ४ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- ५ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ६ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ७ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ८ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान













प्रतिक्रिया दिनुहोस