हालसम्मकाे मतगणनामा समानुपातिकतर्फ एमालेकाे अग्रता कायमेै

काठमाडौ – समानुपातिकतर्फको बुधबार बिहान सम्म भएकाे मतगणनामा नेकपा एमालेको अग्रता कायमै रहेकाे छ । हालसम्म समानुपातिकतर्फकाे ९९ लाख ९३ हजार मतगणना भएकाे छ ।

समानुपातिकतर्फ ९९ लाख ९३ हजार मतगणना हुँदा एमालेले अग्रता कायम राखेको छ । निर्वाचन आयोगका अनुसार एमालेले २६ लाख ९४ हजार १२४ मत प्राप्त गरेको छ ।
त्यसैगरि दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ । कांग्रेसले २५ लाख ४८ हजार मत प्राप्त गरेकाे छ । तेस्रो स्थानमा नेकपा माओवादी केन्द्र छ । माओवादी केन्द्रले ११ लाख ४३ हजार मत पाएको छ ।
त्यसैगरि चाैथाे स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार मत प्राप्त गरेको छ । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ७० हजार मत पाएको निर्वाचन आयोगको जनाएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- २ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ३ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ४ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ५ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ६ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
- ७ रामेछाप जेसिजद्वारा विद्यार्थीका लागि ट्राक सुट वितरण
- ८ बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा चिवतन प्रथम
प्रतिक्रिया दिनुहोस