हालसम्मकाे मतगणनामा समानुपातिकतर्फ एमालेकाे अग्रता कायमेै
काठमाडौ – समानुपातिकतर्फको बुधबार बिहान सम्म भएकाे मतगणनामा नेकपा एमालेको अग्रता कायमै रहेकाे छ । हालसम्म समानुपातिकतर्फकाे ९९ लाख ९३ हजार मतगणना भएकाे छ ।
समानुपातिकतर्फ ९९ लाख ९३ हजार मतगणना हुँदा एमालेले अग्रता कायम राखेको छ । निर्वाचन आयोगका अनुसार एमालेले २६ लाख ९४ हजार १२४ मत प्राप्त गरेको छ ।
त्यसैगरि दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ । कांग्रेसले २५ लाख ४८ हजार मत प्राप्त गरेकाे छ । तेस्रो स्थानमा नेकपा माओवादी केन्द्र छ । माओवादी केन्द्रले ११ लाख ४३ हजार मत पाएको छ ।
त्यसैगरि चाैथाे स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार मत प्राप्त गरेको छ । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ७० हजार मत पाएको निर्वाचन आयोगको जनाएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- २ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ३ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ४ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ५ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ६ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ७ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ८ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ













प्रतिक्रिया दिनुहोस