रामेछापलाई उज्यालो बनाउने जिम्मा हामी लिन्छाै : कान्छाराम

रामेछाप – रामेछापबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित पुर्ण बहादुर तामाङ (कान्छाराम)ले रामेछापलाई उज्यालो बनाउने जिम्मा लिने बताएका छन् । तामाङले पत्रकारसँगकाे भेटघाटमा यस्ताे बताएका हुन ।

नेपाल पत्रकार महासंघ रामेछापले आयाेजना गरेकाे नवनिर्वाचित प्रतिनिधि बधाई तथा शुभकामना कार्यक्रममा तामाङले रामेछापको समग्र विकासकाे जिम्मा आफुहरुले नै लिने बताएका हुन् । तामाङले केन्द्रिय सरकार जसरी बनेपनि जिल्लामा गठबन्धन बाट निर्वाचित तिनै जना सदस्यहरु मिलेर जिल्लाकाे विकासकाे काम गर्ने प्रतिबद्धता व्यक्त गरे । जनतासामु गरेकाे प्रतिबद्धता पूरा गर्न पनि जिल्लामा गठबन्धनबाट निर्वाचित प्रतिनिधि तिनै जना मिलेर काम गर्नुपर्ने तामाङले बताए ।
त्यसैगरि प्रदेश सभा ख बाट प्रदेश सभा सदस्यमा निर्वाचित युवराज चाैलागाइले राेजगारी सिर्जना हुने काममा लाग्ने बताउदै जनताकाे हितलाइ ध्यानमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
त्यस्तै प्रदेश सभा क बाट निर्वाचित तारानाराण श्रेष्ठले
जनताले मतदानद्वारा दिएकाे जिम्मेवारीलाई जनताकाे पक्षमा काम गरेर पूरा गर्ने बताए ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर जबराकाे निधन
- २ सामाजिक सुरक्षा काेष स्थापना गर्न पत्रकारलाई मुख्यमन्त्री जम्कट्टेलकाे आग्रह
- ३ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- ४ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ५ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ६ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ७ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ८ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
प्रतिक्रिया दिनुहोस