रामेछापलाई उज्यालो बनाउने जिम्मा हामी लिन्छाै : कान्छाराम
रामेछाप – रामेछापबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित पुर्ण बहादुर तामाङ (कान्छाराम)ले रामेछापलाई उज्यालो बनाउने जिम्मा लिने बताएका छन् । तामाङले पत्रकारसँगकाे भेटघाटमा यस्ताे बताएका हुन ।
नेपाल पत्रकार महासंघ रामेछापले आयाेजना गरेकाे नवनिर्वाचित प्रतिनिधि बधाई तथा शुभकामना कार्यक्रममा तामाङले रामेछापको समग्र विकासकाे जिम्मा आफुहरुले नै लिने बताएका हुन् । तामाङले केन्द्रिय सरकार जसरी बनेपनि जिल्लामा गठबन्धन बाट निर्वाचित तिनै जना सदस्यहरु मिलेर जिल्लाकाे विकासकाे काम गर्ने प्रतिबद्धता व्यक्त गरे । जनतासामु गरेकाे प्रतिबद्धता पूरा गर्न पनि जिल्लामा गठबन्धनबाट निर्वाचित प्रतिनिधि तिनै जना मिलेर काम गर्नुपर्ने तामाङले बताए ।
त्यसैगरि प्रदेश सभा ख बाट प्रदेश सभा सदस्यमा निर्वाचित युवराज चाैलागाइले राेजगारी सिर्जना हुने काममा लाग्ने बताउदै जनताकाे हितलाइ ध्यानमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
त्यस्तै प्रदेश सभा क बाट निर्वाचित तारानाराण श्रेष्ठले
जनताले मतदानद्वारा दिएकाे जिम्मेवारीलाई जनताकाे पक्षमा काम गरेर पूरा गर्ने बताए ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ रामेछापमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
- २ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- ३ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ४ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ५ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ६ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ७ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ८ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते















प्रतिक्रिया दिनुहोस