स्वतन्त्र उमेदवार राउतको समर्थन कान्छारामलाई

रामेछाप – रामेछापबाट प्रतिनिधिसभा सदस्य पदका स्वतन्त्र उमेदवार चन्द्रवहादुर राउतले नेपाली काँग्रेसका उमेदवार पूर्णवहादुर तामाङ (कान्छाराम) लाई समर्थन गर्दै आफ्नो उमेदवारी फिर्ता लिएका छन् ।
बुधबार मन्थलीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै राउतले पाटीबाट उमेदवार चयन गर्ने विषयमा भएको निर्णय प्रति असहमति हुदाँ हुदै नेपाली काँग्रेस जिताउनु पर्ने महत्वपूर्ण अवस्थालाई मध्येनगर गर्दै मैले आजको मितिबाट आफ्नो चुनाव चिन्ह क्यामेरामा भोट नहाली गठवन्धनका उमेदवार पूर्णवहादुर तामाङ (कान्छाराम) लाई रुख चिन्हमा मतदान गरी विजय गराउन मतदातामा आग्रह गर्दछु । उनले क्यामेरा चिन्ह पाएका थिए । अव क्यामेरामा मत माग्ने नभै सवै गठवन्धनका उमेदवारलाइ सहयोग गर्नका लागि मत माग्ने उनले वताए ।
आफुले २०३६ साल देखि त्याग गरेको मात्र नभै नेपाली काँग्रेस बाहेक अन्य पार्टीले मुलुकको हित नगर्ने भएकाले पनि मैले आफ्ना असन्तुष्टिलाई थाति राखेर पुन काँग्रेसमै क्रियासिल हुने प्रण गरेको छु राउतले भने । राउत काँग्रेसका पूर्व जिल्ला सचिव हुन ।
कार्यक्रममा नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति रामचन्द्र खड्का र जिल्ला सभापति तथा प्रतिनिधिसभा सदस्यका लागि गठवन्धनका उमेदवार पूर्णवहादुर तामाङ (कान्छाराम) ले राउतले निर्वाचनको सन्मुखमा पार्टी र उमेदवार प्रति गरेको सहयोगको उच्च कदर गर्दै भविश्यमा सवैको सल्लाहमा उच्च स्थान दिने वताए ।
रामेछापबाट प्रतिनिधिसभा सदस्यमा ४ जनाले स्वतन्त्र उमेदवारी दर्ता गराएका थिए । राउतको फिर्ता पछि अव स्वतन्त्र ३ जनाको उमेदवारी कायम रहेको छ ।

क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- २ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ३ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ४ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ५ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ६ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
- ७ रामेछाप जेसिजद्वारा विद्यार्थीका लागि ट्राक सुट वितरण
- ८ बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा चिवतन प्रथम
प्रतिक्रिया दिनुहोस