विकासमा विभेद गर्दिन : कान्छाराम
रामेछाप -सत्ता गठबन्धन दलको तर्फबाट रामेछाप प्रतिनिधि सभा सदस्यका साझा उम्मेदवार पुर्णबहादर तामाङ्ग (कान्छाराम)ले विकासको कममा कुनैपनि किसिमको विभेद नगर्ने बताएका छन् । चुनावि अभियानका क्रममा मतदातासँगको भेटघाटमा उम्मेदवार कान्छारामले विकासको कुनैपनि काममा विभेद नगरी काम गर्ने बताए ।
त्यसैगरि उनले अघिल्लो निर्वाचनमा आफु निर्वाचिनमा आफु पराजित भएपनि जात, धर्म, समुदाय, भाषा , नाता केही नहेरी जिल्लाको विकासमा आफुले गरेका बाचाहरु पुरा गरेको बताए । अघिल्लो चुनावान पराजय भए पश्चात मात्र पनि जिल्ला थुप्रै काम गरका छन् । उनले यस बिचमा जिल्लाको विभिन्न स्थानमा १४ वटा एम्बुलेन्स, एउटा शववाहन, कोराना महामारीका बेला संक्रमीतलाइ निःशुल्क एम्बुलेन्स सेवा, तामाकोसी अस्पताललाइ भेन्टिलेटर,वडा स्तरमा माक्स उपलब्ध गराएका थिए । यसैगरि जिल्लाका विभिन्न स्थानमा मन्दिर निर्माण ,गुम्बा निर्माण तथा बाटो बनाउन पनि कान्छारामले ब्यक्तिगत लगानिमा सहयोग उपलब्ध गराउदै आएका बताए ।
सामान्य परिवारमा जम्मेको बताउने कान्छाराम व्यापार व्यवसाय गरेर कमाएर आफुलाइ र आपm्ना परिवारलाइ पुगेपछि समाजसेवाको बाटोबाट विकासका कामहरु गरेर जिल्लाको समग्र विकास गर्ने उद्दश्यले राजनितिमा आएको बताउ छन् । उनले केहि समय अघिमात्र काठमाण्डौंको काठमाण्डौ मेडिकल कलेजमा रामेछापबाट उपचार गराउन जाने नागरिकलाइ उपचार खर्चमा २५ प्रतिशत छुट दिने व्यवस्था मिलाएका थिए ।
कान्छारामले मतदातासँग भने मलाइ निर्वाचित गराउनुुुस रामेछापको विकासको जिम्मा पनि मलाइ नै दिनुस भन्दै गफ होेइन काम गरेर देखाउने दावा समेत गरे । व्यक्तिगत तवरले विकास गरेर समग्र विकास नहुने भएकाले रामेछापको विकासको लागि नै आफु उम्मेदवार दिएको बताए ।
रामेछापको प्रतिनिधि सभा सदस्यमा रामेछाप जिल्लामा विभिन्न दलहरु तथा स्वतन्त्रबाट उम्मेदवारी रहेता पनि सत्ता गठबन्ध दलहरुको तर्फबाट पुर्णबहादर तामाङ्ग (कान्छाराम) र नेकपा एमालेको तर्फबाट कैलाश ढुङ्गेल बिच प्रतिसप्रर्धा हुने देखिएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ सामाजिक सेवामा तल्लिन डा.सैयद शुक्रबार रामेछाप आउदै
- २ जेनजी आन्दोलनका घाइतेहरुलाई परिचयपत्र पत्र प्रदान गरिने
- ३ राति १० बजेपछि देउसी खेल्न नपाइने
- ४ रामेछापका प्रहरी प्रमुख भट्ट “पुर्ण शान्ति प्रहरी पुरस्कारबाट” पुरस्कृत
- ५ आफ्नै भवनबाट आँखाको उपचार सेवा शुरु
- ६ कांग्रेस सभापति देउवाले उपसभापति खड्कालाई दिए कार्यवाहक
- ७ स्वास्थ्य मन्त्रीमा डा. किशोर खत्रीको चर्चा
- ८ आजबाट रामेछाप – काठमाडौं नियमित उडान सुरु















प्रतिक्रिया दिनुहोस