कैलाशकाे गाँउमा कान्छारामलाई भव्य स्वागत

रामेछाप -सत्ता गठबन्धन दलहरुकाे खाडादेवी गाउपालिकामा भएकाे चुनावी सभामा पुगेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार पुर्णबहादुर तामाङ ( कान्छामलाइ स्थानियद्वारा भव्य स्वागत गरेका छन् ।

जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेकाे तर्फबाट उम्मेदवार रहेका कैलाश ढुङ्गेलकाे जन्मभुमि खाडादेवी गाउँपालिकामा पुगेका प्रतिनिधि सभा तथा।प्रदेश सभा सदस्यका लागि सत्ता गठबन्धन दलका साझा उम्मेदवार पुर्णबहादुर तामाङ (कान्छाराम) र युवराज चाैलागाइलाइ स्थानियले भव्य स्वागत गरेकाे छन् ।
रामेछापकाे प्रतिनिधि सभा सदस्यमा सत्ता गठबन्धन दलका साझा उम्मेदवार नेपाली कांग्रेसका जिल्ला सभापति कान्छाराम तामाङ् र नेकपा एमालेका नेता प्रदेश सांसद तथा पुर्व मन्त्रि कैलाश ढुङ्गेल बीच प्रतिस्पर्धा हुनेछ ।
चुनावी कार्यक्रममा सहभागी भएका कान्छारा र चाैलागाइलाई १०१ किलाेकाे फुलकाे मालाले स्वागत गरेका थिए । त्यसैगरि उम्मेदवारकाे सफलताका लागि लामा गुरुहरुले लामा मन्त्र पढेर शुभ आशिर्वाद दिएका थिए । त्यस्तै स्थानियले उम्मेदवार गाउँ आएकाे खुसियालीमा स्थानिय झाकी तथा पन्चेबाजा बजाएर स्वागत गरेका थिए ।
कार्यक्रममा सहभागी स्थानियले २०४९ देखि हाल सम्म पटक – पटक सांसदकाे टिकट ढुङ्गेलले नै लिएकाे र राजनीतिक नियुक्ति पनि पटक -पटक ढुङ्गेल अआफैले मात्र लिएरहेकाे आराेप लगाउदै उनले पार्टीमा अरुलाइ अवसर नै नदिएकाे बताए ।
कार्यक्रममा खाडादेवी गाउपालिकाका स्थानियकाे उत्साह जनक सहभागीता रहेकाे छ ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- २ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ३ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ४ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ५ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ६ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
- ७ रामेछाप जेसिजद्वारा विद्यार्थीका लागि ट्राक सुट वितरण
- ८ बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा चिवतन प्रथम
प्रतिक्रिया दिनुहोस