एमालेका प्रभावशाली नेता लामा माओवादीमा प्रवेश
रामेछाप । नेकपा एमाले रामेछापका प्रभावशाली नेता रामकृष्ण लामा सहित ४२ जना नेता कार्यक्रताहरु आईतबार नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । लामा वागमति प्रदेश सचिवालय सदस्य हुन ।
लामो समय देखि एमालेमा सक्रिय राजनीति गर्दै आएका पश्चिमी रामेछापका प्रभावशाली नेता रामकृष्ण लामा २०५४ को स्थानीय तहको निर्वाचनमा खनियापानी गाविसमा अध्यक्ष निर्वाचित भएका थिए । एमालेको जिल्ला समितिमा धेरै बर्ष काम गरेका उनी हाल बागमती प्रदेशको सचिवालय समितिमा थिए ।
त्यसैगरी जिल्ला समिति सदस्य पासाङ डोल्मा लामा सहित पूर्व जिल्ला सदस्यहरु, पालिका स्तरका नेताहरु, विभिन्न भातृ संगठनका नेताहरु समेतले एमाले परित्याग गरेका छन् । लामा सहितका एमाले कार्यकर्ताहरुको परित्याग पछि सुनापति गाउँपालिका गठवन्धनको अझ सुदृढ बनेको छ । गएको स्थानीय निर्वाचनमा धेरै मतान्तरले अरु दल भन्दा पछि परेको एमालेलाइ लामा लगाएतबाट भएको पार्टी परित्यागले थप संकटमा परेको छ ।
एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रदेश गर्ने नेता तथा कार्यकर्ताहरुलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरेका थिए ।
कार्यक्रममा नेता लामाले एमाले गुटको राजनीति भन्दा माथि उठन नसकेको , राजनीतिमा लामो अवधि काम गरेकालाई पाखा लगाएर पैसाको बलमा आसेपासेलाई टिकट दिएकोले उक्त पार्टीमा रहन नसकेको वताएका थिए ।
स्मरणीय छ, रामेछापको प्रदेश १ (ख ) मा एमालेले लामा लगाएतका अग्रज नेताहरुलाई पन्छाएर गैरसरकारी क्षेत्रमा काम गर्ने मिलन घिसिङलाई उमेदवार वनाएको छ । घिसिङको उमेदवारी पछि एमालेका जिल्ला स्तरका नेताहरु असन्तुष्ट छन् । लामा लगाएतले पार्टी परित्याग गर्ने तह सम्म पुगे भने केहि मौन रहेको वताइएको छ । यसअघी मन्थली नगरपालिका १० चनखुमा प्रभावशाली स्थानीय नेता भालु मगर सहितका नेता कार्यकर्ताहरु एमाले छोडेर नेपाली काँग्रेसमा प्रदेश गरेका थिए ।
निर्वाचन नजिकिदै गएको बेला एमालेमा देखिएको असन्तुष्टि र पार्टी परित्यागले गठवन्धनबाट प्रतिनिधिसभा सदस्यका उमेदवार काँग्रेसका पूर्णवहादुर तामाङ ( कान्छाराम ) र प्रदेश सभा सदस्यका उमेदवार माओवादी केन्द्रका युवराज चौलागाई अझ फराकिलो मतान्तरले विजय हुने आँकलन स्थानीयले गर्न थालेका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस