बानियाँलाई विपि कांग्रेसकाे समर्थन
मकवानपुर – मकवानपुर जिल्लाकाे २ नम्बर क्षेत्रबाट प्रदेश सभा (ख) मा नेपाली कांग्रेसकाे तर्फबाठ प्रदेश सभा सदस्यका उम्मेदवार इन्द्र बानियाँलाई वीपी कांग्रेसकाले समरेथन गर्ने भएका छन । उक्त क्षेत्रमा विपि कांग्रेसले अाफ्नाे उम्मेदवारलाई निस्कृय बनाएर बानियाँलाई साथ दिने बताइएको छ ।
साे क्षेत्रका विपि कांग्रेसका उम्मेदवार पदम बहादुर तितुङले उम्मेदवारी निस्क्रिय बनाएर इन्द्र बानियाँलाई समर्थन गर्ने विपि कांग्रेसले जनाएकाे छ । अाइबार पत्रकार सम्मेलन गरेर विपि कांग्रेसका उम्मेदवार तितुङले गठबन्धनका उम्मेदवार बानियाँलाई समर्थन गर्ने जानकारी दिएका हुन् ।
उनले कांग्रेसबाट असन्तृष्टि भएर कांग्रेस वीपीबाट उम्मेदवारी दिएको समेत जिकिर गरे । उनले आफ्नो उम्मेदवारीले विपक्षीलाई सहयोग पुग्ने देखेर निस्क्रिय बनाएको बताए ।
बानियाँलाई स्वतन्त्र उम्मेदवार खुसीलाल चेपाङले पनि उम्मेदवारी निस्क्रिएर बनाएर समर्थन गर्ने घोषणा गरेका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- २ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ३ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ४ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ५ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ६ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- ७ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ८ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम















प्रतिक्रिया दिनुहोस