बानियाँलाई विपि कांग्रेसकाे समर्थन

मकवानपुर – मकवानपुर जिल्लाकाे २ नम्बर क्षेत्रबाट प्रदेश सभा (ख) मा नेपाली कांग्रेसकाे तर्फबाठ प्रदेश सभा सदस्यका उम्मेदवार इन्द्र बानियाँलाई वीपी कांग्रेसकाले समरेथन गर्ने भएका छन । उक्त क्षेत्रमा विपि कांग्रेसले अाफ्नाे उम्मेदवारलाई निस्कृय बनाएर बानियाँलाई साथ दिने बताइएको छ ।

साे क्षेत्रका विपि कांग्रेसका उम्मेदवार पदम बहादुर तितुङले उम्मेदवारी निस्क्रिय बनाएर इन्द्र बानियाँलाई समर्थन गर्ने विपि कांग्रेसले जनाएकाे छ । अाइबार पत्रकार सम्मेलन गरेर विपि कांग्रेसका उम्मेदवार तितुङले गठबन्धनका उम्मेदवार बानियाँलाई समर्थन गर्ने जानकारी दिएका हुन् ।
उनले कांग्रेसबाट असन्तृष्टि भएर कांग्रेस वीपीबाट उम्मेदवारी दिएको समेत जिकिर गरे । उनले आफ्नो उम्मेदवारीले विपक्षीलाई सहयोग पुग्ने देखेर निस्क्रिय बनाएको बताए ।
बानियाँलाई स्वतन्त्र उम्मेदवार खुसीलाल चेपाङले पनि उम्मेदवारी निस्क्रिएर बनाएर समर्थन गर्ने घोषणा गरेका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- २ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ३ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ४ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ५ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ६ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
- ७ रामेछाप जेसिजद्वारा विद्यार्थीका लागि ट्राक सुट वितरण
- ८ बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा चिवतन प्रथम
प्रतिक्रिया दिनुहोस