विकास र सम्वृधिका लागि एमालेलाई मतदान ः ढुंगेल
रामेछाप । प्रतिनिधिसभा सदस्य पदका लागि रामेछाप १ बाट एमालेका उमेदवार रहेका कैलाशप्रसाद ढुंगेलले विकास र मुलुकको संवृद्धिका लागि एमालेलाई मतदान गर्न आग्रह गरेका छन् ।
मंसिर ४ मा हुने निर्वाचनका लागि चुनाव प्रचारका क्रममा शनिबार पश्चिमी रामेछापको गौश्वारामा अायाेजित घर दैलो तथा कोणसभामा वोल्दै ढुंगेलले आफुले विगतमा प्रदेश मन्त्री भएर थालेका कतिपय विकास निर्माणका कार्य पुरा गर्न, सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न, सडक पुल र खानेपानीका कुरामा एमालेले नागरिकलाई सहयोग गर्ने वताए । उनले केहि चुनावी आश्वासन पनि गौश्वारामा बाड्न भ्याए ।
कार्यक्रममा एमालेका केन्द्रीय सदस्य माधव ढुंगेल, प्रदेश सदस्य तुलप्रसाद कंडेल, प्रदेश सभा १ (२) का उमेदवार मिलन घिसिंग लगाएतले आगामी निर्वाचनमा एमालेको निती र घोषणा पत्रमा भएका कुरा प्रतिवद्धता पुरा गर्नका लागि जनताले मतदान गर्नुपर्नेमा जोड दिएका थिए । एमालेले तिहार पछि गौश्वारा र सुकाजोरबाट चुनावी अभियानलाई अघी बढाएको हो । सुकाजोरको कार्यक्रममा प्रदेश सभा १(१) का उम्मेदवार शान्ति प्रसाद पौडेल र जिल्ला अध्यक्ष आनन्द श्रेष्ठ लगाएतका वक्ताले एमालेले राष्ट्रियता र विकासका सवालमा गरेका विगतको कार्यलाई हेरेर मतदाताले मतदान गर्नुपर्नेमा जोड दिएका थिए ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- २ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- ३ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ४ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- ५ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- ६ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- ७ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ८ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय













प्रतिक्रिया दिनुहोस