विकास र सम्वृधिका लागि एमालेलाई मतदान ः ढुंगेल

रामेछाप । प्रतिनिधिसभा सदस्य पदका लागि रामेछाप १ बाट एमालेका उमेदवार रहेका कैलाशप्रसाद ढुंगेलले विकास र मुलुकको संवृद्धिका लागि एमालेलाई मतदान गर्न आग्रह गरेका छन् ।
मंसिर ४ मा हुने निर्वाचनका लागि चुनाव प्रचारका क्रममा शनिबार पश्चिमी रामेछापको गौश्वारामा अायाेजित घर दैलो तथा कोणसभामा वोल्दै ढुंगेलले आफुले विगतमा प्रदेश मन्त्री भएर थालेका कतिपय विकास निर्माणका कार्य पुरा गर्न, सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न, सडक पुल र खानेपानीका कुरामा एमालेले नागरिकलाई सहयोग गर्ने वताए । उनले केहि चुनावी आश्वासन पनि गौश्वारामा बाड्न भ्याए ।
कार्यक्रममा एमालेका केन्द्रीय सदस्य माधव ढुंगेल, प्रदेश सदस्य तुलप्रसाद कंडेल, प्रदेश सभा १ (२) का उमेदवार मिलन घिसिंग लगाएतले आगामी निर्वाचनमा एमालेको निती र घोषणा पत्रमा भएका कुरा प्रतिवद्धता पुरा गर्नका लागि जनताले मतदान गर्नुपर्नेमा जोड दिएका थिए । एमालेले तिहार पछि गौश्वारा र सुकाजोरबाट चुनावी अभियानलाई अघी बढाएको हो । सुकाजोरको कार्यक्रममा प्रदेश सभा १(१) का उम्मेदवार शान्ति प्रसाद पौडेल र जिल्ला अध्यक्ष आनन्द श्रेष्ठ लगाएतका वक्ताले एमालेले राष्ट्रियता र विकासका सवालमा गरेका विगतको कार्यलाई हेरेर मतदाताले मतदान गर्नुपर्नेमा जोड दिएका थिए ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ स्वास्थ्य मन्त्रालयले गर्यो विज्ञ टोली गठन, जनसंख्या ,श्रम र आप्रवासन स्वास्थ्य समितिमा डा. सैयद
- २ अपांग संघकाे केन्द्रीय अध्यक्षमा रामेछापको कल्पनाकाे उमेदवारी
- ३ आजबाट एसइई परीक्षा सुरु
- ४ मन्थली क्याम्पसकाे स्ववियु सभापतिमा थापा विजयी
- ५ नेपाली कांग्रेस रामेछापले बिभिन्न तहमा सम्मेलन गर्दै
- ६ मन्त्री पद गए जाओस,काम गर्नेलाई साथ दिन्छु : उर्जा राज्यमन्त्री तामाङ
- ७ मन्थली क्याम्पसमा स्ववियु निर्वाचनका लागि नेविसंघबाट उमेदवारी दर्ता
- ८ मन्थली माविका छात्रालाई मुक्तिनाथ बैंककाे उत्कृष्ट छात्रवृत्ति
प्रतिक्रिया दिनुहोस