देशलाई संकटबाट जोगाउन गठवन्धनलाई मतदान – चौलागाई
ईन्दिरा बोहोरा ।
रामेछाप । रामेछाप प्रदेश सभा १(२) मा पाँच दलिय गठवन्धनका उमेदवार युवराज चौलागाईले देशलाई संकटबाट जोगाउनका लागि काँग्रेस र माओवादी लगाएतका शक्ति एक ठाउँमा आएको वताएका छन् ।
‘जतिवेला देशमा संकट आउछ, काँग्रेसले कम्युनिष्टको र कम्युनिष्टले काँग्रेसको झण्डा बोकेर विगत देखि सहकार्य गर्दै आएका उदाहरण छ’ मन्थली २ टेकनपुरमा शनिबार आयोजित घरदैलो कार्यक्रममा चौलागाईले भने – अहिलेको गठवन्धन पनि त्यहि श्रृंखलाको पछिल्लो रुप हो ।
‘हामीले साम्यवाद छोडेका छैनौं, हाम्रो सिद्धान्त साम्यवादनै हो , नेपाली काँग्रेसले साम्यवाद मानेको छैन’ चौलागाईले भने – खाली राष्ट्रिय आवश्यकता र देशका लागि खाँचो भएर चुनावि एकता गरिएको हो । जवजब देशमा संकट आउछ, तव तब काँग्रेस र कम्युनिष्टहरु एक भएका उदाहरण दिदै उनले भने – २०४६ साल पछि वर्तमान संविधान जारी गर्दाको अवस्था सम्मका घटना कुनै एक्लै दलको प्रयासले भएका छैनन् ।
माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य समेत रहेका युवा नेता चौलागाईले कम्प्युटरमा कलाकृति गरेको जसरी एकैपटक परिवर्तन संभव नहुने भएकाले क्रमस सुधार हुने उनले वताए । सुधार सवैमा आवश्यक छ, परेको बेला संविधानमा पनि सुधार गर्नुपर्ने भन्दै चौलागाईले कार्यकर्ता भेटघाटको क्रममा भने – समस्या हरु सवै व्यवस्थामा आउछन्, त्यसलाई चिनेर परिवर्तन गर्नका लागि योग्य व्यक्ति छान्नुपर्छ । सवै नेता एकै प्रकृतिका हुन र तिनले बोल्छन् काम गर्दैनन् भन्ने भाव आम जनताको रहेको औैल्याउदै उनले भने – मलाई विश्वास गर्नुस, म परिवर्तनका लागि जनताको साथमा रहेरै काम गर्छु ।
कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सचिव विनोद कार्कीले केपी ओलीको हुकुमी शासन बाट वाक्क भएका नागरिकलाई संविधानले दिएको अधिकार दिनका लागि वर्तमान गठवन्धनलाई मतदान गर्न आग्रह गरे । उनले नागरिकका अधिकारको रक्षा काँग्रेसको नेतृत्वले मात्र गर्दै आएको प्रसंग उल्लेख गर्दै संवैधानिक कु गर्ने ओली प्रवित्तिलाई जरै देखि उखेल्नु पर्ने वताए । कार्यक्रममा स्थानीय बासिन्दा र पार्टी अगुवाहरुको सहभागिता रहेको थियो । शनिबारनै गठवन्धनका उमेदवारहरुले भलुवाजोर र मन्थलीका विभिन्न वस्तिमा घरदैलो र भेटघाट गरेका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ गए राति १२ बजेदेखि मौन अवधि सुरु
- २ रामेछापमा गाडी दुर्घटना : दुईकाे मृत्यु ७ घाइते
- ३ कम्युनिष्ट पार्टीलाईलाई सघाउने हल्ला निराधार : उज्यालो नेपाल पार्टी
- ४ उमाकुण्डका प्रभावशाली नेता हिक्मत ,रामचन्द्रले टिकेट पाएसँगै फर्किए कांग्रेस
- ५ कांग्रेसकाे चुनावी अभियान प्रभावकारी बनाउन वडा स्तरमा समिति बिस्तार
- ६ लामिछानेका विश्वास पात्र प्रणय शमशेर राणाले छाडे रास्वपा
- ७ सवारी दुर्घटनाका पिडितसँग प्रशासनकाे ११ बुदे सहमति क्षतिपूर्ति तत्काल उपलब्ध गराउन निर्देशन,
- ८ रामेछापमा भएकाे बस दुर्घटना प्रति कांग्रेस उमेदवार खड्काद्वारा शाेक व्यक्त















प्रतिक्रिया दिनुहोस