गुनासाे गर्नु नपर्ने गरि काम गर्छु : चाैलागाइ

रामेछाप -रामेछाप प्रदेश ख बाट सत्ता गठबन्धन दलहरुकाे साझा उम्मेदवार युवराज चाैलागाइले नागरिकले फेरि गुनासाे गर्नु नपर्ने गरि काम गरेर देखाउने बताएका छन् ।

अागामी मंसिर ४ गते हुने निर्वाचनमा रामेछाप प्रदेश सभा ख काे तर्फबाट उम्मेदवार रहेका युवराज चाैलागाइले प्रदेश सभा सदस्य भएर गर्नुपर्ने सबै काममा कुनै कमि हुन नदिने भन्दै उनले नागरिकलाई गुनासाे गर्ने अवसर नदिने बताएका छन् । चाैलागाइले चुनावी अभियानका क्रममा युवाकाे चाैतर्फी विकास गर्ने गरि याेनजा बनाउने र महिलाकाे जीवन स्तर उकास्न र शिक्षा र स्वास्थ्य सरल र सुलभ सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।
त्यसैगरि चुनावी अभियानमा सहभागी पुर्व संविधान सभा सदस्य डिल्लीमान तामाङले भाेलीकाे दिनलाइ राम्रो बनाउनका लागि अाज गठबन्धन गरेर अगाडि बढेकाे साझा उम्मेदवारलाई निर्वाचनमा जिताउनु पर्ने बताए ।
दाेरम्बा सैलुङ गाउपालिकाकाे विभिन्न स्थानमा भएकाे चुनावी अभियान कार्यक्रममा नेपाली कांग्रेस रामेछापका जिल्ला सचिव विनाेद कार्की , प्रदेश सभा ख का सभापति तथा चुनावी अभियानका संयाेजक राजेश कुमार श्रेष्ठ र दाेरम्बा सैलुङ गाउपालिका सभापति केशर कुमार माेक्त ानले धारणा राखेका थिए ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- २ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ३ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ४ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ५ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ६ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
- ७ रामेछाप जेसिजद्वारा विद्यार्थीका लागि ट्राक सुट वितरण
- ८ बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा चिवतन प्रथम
प्रतिक्रिया दिनुहोस