गुनासाे गर्नु नपर्ने गरि काम गर्छु : चाैलागाइ
रामेछाप -रामेछाप प्रदेश ख बाट सत्ता गठबन्धन दलहरुकाे साझा उम्मेदवार युवराज चाैलागाइले नागरिकले फेरि गुनासाे गर्नु नपर्ने गरि काम गरेर देखाउने बताएका छन् ।
अागामी मंसिर ४ गते हुने निर्वाचनमा रामेछाप प्रदेश सभा ख काे तर्फबाट उम्मेदवार रहेका युवराज चाैलागाइले प्रदेश सभा सदस्य भएर गर्नुपर्ने सबै काममा कुनै कमि हुन नदिने भन्दै उनले नागरिकलाई गुनासाे गर्ने अवसर नदिने बताएका छन् । चाैलागाइले चुनावी अभियानका क्रममा युवाकाे चाैतर्फी विकास गर्ने गरि याेनजा बनाउने र महिलाकाे जीवन स्तर उकास्न र शिक्षा र स्वास्थ्य सरल र सुलभ सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।
त्यसैगरि चुनावी अभियानमा सहभागी पुर्व संविधान सभा सदस्य डिल्लीमान तामाङले भाेलीकाे दिनलाइ राम्रो बनाउनका लागि अाज गठबन्धन गरेर अगाडि बढेकाे साझा उम्मेदवारलाई निर्वाचनमा जिताउनु पर्ने बताए ।
दाेरम्बा सैलुङ गाउपालिकाकाे विभिन्न स्थानमा भएकाे चुनावी अभियान कार्यक्रममा नेपाली कांग्रेस रामेछापका जिल्ला सचिव विनाेद कार्की , प्रदेश सभा ख का सभापति तथा चुनावी अभियानका संयाेजक राजेश कुमार श्रेष्ठ र दाेरम्बा सैलुङ गाउपालिका सभापति केशर कुमार माेक्त ानले धारणा राखेका थिए ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ रामेछापमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु
- २ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- ३ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ४ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ५ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ६ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ७ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ८ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन













प्रतिक्रिया दिनुहोस