सत्ता गठबन्धनकाे चुनावी अभियान कुभुमा पुग्याे
रामेछाप- रामेछापका सत्ता गठबन्धन दलको संयुक्त वडा स्तरीय चुनावी अभियान अाज उमाकुण्ड गाउँपालिका ३ कुबुकास्थली र २ बाम्तीभण्डारमा कार्यक्रम सम्पन्न भएको छ ।
स्ता गठबन्धन दलका प्रतिनिधि सभा सदस्यका उम्मेवार पुर्ण बहाद तामाङ (कान्छाराम) र प्रदेश सभा स दस्यका उम्मेदवार तारानारायण श्रेष्ठकाे संयुक्त चुनावी अभियान कार्यक्रम अाज कुभुकास्थली र बाम्तीमा सम्पन्न भएकाे छ ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्यका उम्मेद्वार कान्छारामले रामेछापको समग्र समस्याको समाधानको लागि आफ्नो उम्मेद्वारी रहेको बताएका छन् ।उमाकुण्ड गाउँपालिका विकासमा धेरै पछि परेको भन्दै अाफू निर्वाचित भएपछि उमाकुण्डलाई पहिलो प्राथमिकतामा राखेर विकास गर्ने प्रतिबद्धता जनाए ।
त्यस्तै कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्यका उम्मेद्वार तारानारायण श्रेष्ठले उमाकुण्ड गाउँपालिकालाइ समृद्ध बनाउने गरि काम गर्ने प्रतिबद्धता जनाए । उनले उमाकुण्डवासीको गुनासो धेरै रहेको र आफूहरु निर्वाचित भएपछि गुनासोको सुनुवाई हुने बताएका छन् ।
कार्यक्रमको प्रमुख अतिथि पुर्व गृह राज्य मन्त्री श्याम कुमार श्रेष्ठ (कुशल)ले कार्यक्रम बाेल्दै एमाले अहिले राजा ल्याउने एजेण्डा बोकेर हिडेको आरोप लगाएका छन् । श्रेष्ठले देशैभरीबाट एमालेलाई हराउन आम मतदातालाई अनुरोध गरे ।
नेपाली काँग्रेस उमाकुण्ड- २ बाम्तीका वडा सभापति चुडामणी श्रेष्ठको अध्यक्षता अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस रामेछापका निबर्तमान पार्टी सभापति लवश्री न्यौपाने, प्रतिनिधि सभा तर्फ नेपाली काँग्रेसबाट समानुपातिकका उम्मेद्वार मुक्त बहादुर महते, नेकपा माओबादी केन्द्रबाट समानुपातिकका उम्मेद्वार केशर कुमार कालिकोटे, नेविसंघका पुर्व महामन्त्री गजेन्द्र बहादुर कार्की, नेकपा माओबादी केन्द्र उमाकुण्ड गाउँ कमिटी अध्यक्ष अनन्त खड्का, नेकपा माओबादी केन्द्र उमाकुण्ड २ का वडा कमिटी अध्यक्ष प्रदिप बस्नेत लगायतले धारणा राखेका थिए ।
शनिबार उमाकुण्डको गुम्देलमा कार्यक्रम रहेको नेपाली काँग्रेस रामेछापका सचिब दिपक खड्काले बताए । कार्यक्रम सोमबार देखि सुरु भएको हो ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ गए राति १२ बजेदेखि मौन अवधि सुरु
- २ रामेछापमा गाडी दुर्घटना : दुईकाे मृत्यु ७ घाइते
- ३ कम्युनिष्ट पार्टीलाईलाई सघाउने हल्ला निराधार : उज्यालो नेपाल पार्टी
- ४ उमाकुण्डका प्रभावशाली नेता हिक्मत ,रामचन्द्रले टिकेट पाएसँगै फर्किए कांग्रेस
- ५ कांग्रेसकाे चुनावी अभियान प्रभावकारी बनाउन वडा स्तरमा समिति बिस्तार
- ६ लामिछानेका विश्वास पात्र प्रणय शमशेर राणाले छाडे रास्वपा
- ७ सवारी दुर्घटनाका पिडितसँग प्रशासनकाे ११ बुदे सहमति क्षतिपूर्ति तत्काल उपलब्ध गराउन निर्देशन,
- ८ रामेछापमा भएकाे बस दुर्घटना प्रति कांग्रेस उमेदवार खड्काद्वारा शाेक व्यक्त















प्रतिक्रिया दिनुहोस