रामेछापमा उम्मेदवारी दर्ता धमाधम
रामेछाप । प्रनिनिधि सभा र प्रदेश सभाको लागि आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि आईतबार राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरुले मूख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आ आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता धमाधम भइरहेको छ ।
नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य पदमा कैलाश प्रसाद ढुंगेल, प्रदेश क मा शान्तिप्रसाद पौडेल र ख मा मिलन घिसिङले उम्मेदवारी दर्ता गराएका छन् । सत्ता गठवन्धनको तर्फबाट नेपाली काँग्रेसका जिल्ला सभापति पूर्णवहादुर तामाङ ( कान्छाराम ) ले प्रतिनिधि सभा सदस्य पदमा र माओवादी केन्द्रका तारानारायण श्रेष्ठले प्रदेश सभा क मा र युवराज चौलागाईले प्रदेश सभा ख मा उम्मेदवारी दर्ता गराएका छन् ।
सत्ता गठवन्धनमै रहेको दल नेकपा एकिकृत समाजवादीले भने अलग्लै उम्मेदवारी दर्ता गराएको छ । एकिकृत समाजवादीका तर्फबाट देवशंकर पौडेलले प्रतिनिधि सभा सदस्य पदमा र रमेश वस्नेतले प्रदेश क मा तथा झम्क कँडेलले प्रदेश ख बाट उम्मेदवारी दर्ता गराएका छन् । गठवन्धनबाट एक प्रदेश सदस्यको दावि गर्दै आएको उक्त दलले अन्तिममा तिन वटै सिटमा उम्मेदवारी हालेको हो ।
राप्रपाबाट प्रतिनिधिसभा सदस्यमा लालवहादुर घिसिङ, प्रदेश क मा हिक्मत सुनुवार र प्रदेश ख मा भरतसिं वाईवालाई उम्मेदवारी दर्ता गराएका छन् । अन्य राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरुले पनि उम्मेदवारी दर्ता गराउने कार्य धमाधम गरीरहेका छन् । उम्मेदवारी दर्ता गराउनका लागि आवश्यक कागजात सहित उम्मेदवारहरु प्रश्तावक र समर्थक लिएर मूख्य निर्वाचन कार्यालयमा पुगिसकेका छन् । तोकिएको समयमा कार्यालयमा प्रवेश गरेका उम्मेदवारहरुलाई कार्यालयले .पालै पालो उम्मेदवारी दर्ता गरीरहेको जनाएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- २ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ३ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ४ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ५ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ६ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- ७ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ८ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम















प्रतिक्रिया दिनुहोस