मौसम विग्रदा ४५ उडान प्रभावित
रामेछाप । शनिबार दिनभर सोलुको लुक्ला तर्फको मौसम सुधार नहुदा रामेछापबाट त्यस तर्फ जाने ४५ उडान रोकिएका छन् । तारा एयरले १५, सीताको १५ र समिट एयरका १५ उडान निर्धारित थिए । तर लुक्लाको मौसम विग्रीएपछि रामेछापबाट लुक्लाका लागि हुने उडान शनिबार विहानै देखि रोकियो । उडान रोकिदा झण्डै २ हजार यात्रु रामेछाप विमानस्थलमा अलपत्र परेका छन् ।
रामेछाप विमानस्थल नागरिक उडड्यन कार्यालयका एटिसी केदारप्रसाद सत्यालका अनुसार सॉझ सम्म एउटै उडान पनि हुन सकेन । विमानस्थलमा यात्रुका लागि समिटका ३ र ताराका २ जहाज तयारी अवस्थामा थिए । हरेक उडानमा सरदर १७ यात्रु विमानले लुक्ला यात्रा गर्थे ।
शुक्रबार पनि हवाई उडान प्रभावित भएको थियो । भनेको समयमा जहाज उडान हुन नसकेपछि शुक्रबार केहि यात्रु हेलिकप्टर चार्टर गरेर लुक्ला तर्फ उडेका छन् । तर हेलिकप्टर पनि लुक्ला पुग्न सकेका छैनन् । लुक्ला भन्दा झण्डै ४५ मिनेट टाढाको सुर्केमा यात्रु पु¥याएर फर्केको सत्यालले वताए । अल्टिच्यूट, मनाङ र यएर डायनेष्टीका हेलिकप्टरले रामेछाप विमानस्थलबाट त्यस तर्फ केहि यात्रु लगेका हुन । शनिबार पनि हेलिकप्टरले १९ वटा उडान गरेका छन् । शुक्रबार रामेछापबाट लुक्लाका लागि जहाजले जम्मा १२ वटा उडान गरेका थिए । शनिबार भने एउटै उडान भएन ।
‘हेलिकप्टरको केहि उडान भएपनि जहाज पठाउन लुक्लाको मौसम सुधार आएन’ सत्यालले भने – मौसम सुधार हुने आशामा यात्रु पर्खिवसेका थिए । उनले लुक्ला तर्फको भिजिविलिटी जहाज अवतरण र उडानका लागि प्रयाप्त नपुगेपछि सॉझ सम्म पर्खिदा पनि उडान हुन सकेन । उडान रोकिदा उडानका लागि रामेछाप विमानस्थल पुगेका सयौं यात्रु सोलुको फाप्लु तर्फ गाडिमा हिडेका छन् । फाप्लु लुक्लाको नजिकको गन्तव्य हो । फाप्लुबाट लुक्ला तर्फ जानका लागि पैदल यात्रा उनिहरुले तय गर्नेछन् । छोटो अवधिका लागि मौसम खुलेमा उनिहरुले फाल्लुबाट हेलिकप्टरमा पनि लुक्ला तर्फ उडने आशा गरेर त्यस तर्फ गएका हुन ।
क्याटेगोरी : अर्थ, समाचार
ताजा अपडेट
- १ ३२औँ कार्गो दिवस सम्पन्न, व्यापार सहजीकरणमा फ्रेट फरवार्डिङ क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री बानियाँ
- २ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- ३ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- ४ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ५ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- ६ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- ७ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- ८ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा













प्रतिक्रिया दिनुहोस