आचार संहिता पालना गर्न राजनितीक दललाई मुख्य निर्वाचन अधिकृत शर्माको आग्रह
रामेछाप -निर्वाचनमा सहभागि हुने सम्पुर्ण राजनितिक दललाइ निर्वाचन आचारसंहिताको पूर्णरुपले पालना गर्न रामेछापका मुख्य निर्वाचन अधिकृत इन्दिरा शर्माले आग्रह गरेकी छन् ।
शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालय मन्थिलीमा भएको सर्वदलिय बैठकमा मुख्य निर्वाचन अधिकृत शर्माले निर्वाचन भए रहित ,शान्तिपूर्ण रुपमा सम्पन्न गराउन राजनितिक दलको महत्वपूर्ण भूमिका हुने भन्दै सबै राजनितिक दललाई आचार संहिता कडाइका साथ पालना गर्न आग्रह गरेकी छिन् ।
त्यसैगरि बैठकमा सहभागि राजनितिक दलका प्रतिनिधिहरुले पनि आचारसंहिताको पूर्णरुपमा पालना गर्ने प्रतिवद्धता जाहेर गरेका छन् । भोली हुने मनोनयन दर्ताका लागि भने राजनितिक दलहरुलाइ समय तोकिएको छ सोहि समयतालिका बमोजिम प्रतिनिधिहरु आ आफ्नो पालोमा मनोनयन दर्ता गर्न आउनु पर्नेछ भने स्वतन्त्र उम्मेवारका लागि कुनैपनि समय नतोकिएको मुख्य निर्वाचन अधिकृत इन्दिरा शर्मामा जानकारी दिइन् ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागि भोली असोज २३ गते आइतबार बिहान १०ः०० बजेदेखि ५ः०० बजे सम्म मनोनयन दर्ता गर्न सकिने निर्वाचन आयोगले जानकारी दिएको छ । त्यसैगरि भोली साझ ५ः०० बजे देखि ७ः०० बजे सम्ममा उम्मेदवारहरुको सुचि प्रकाशन गरिने छ ।
त्यस्तै असोज २४ गते विहान १०ः०० बजेदेखि ३ः०० बजे सम्म उम्मेदवारको विरोधमा उजुरी दिने सकिने व्यवस्था गरिएको छ । उम्मेदवार विरुद्ध परेको उजुरी उपर सोहि दिन ३ः०० बजे देखि २५ गते ५ः०० बजे सम्म जाँचबुझ गरि निर्णय गर्ने आयोगले जनाएको छ । भने सोहि दिन साँझ ७ः०० बजे सम्ममा नामावली प्रकाशन गर्नेछ ।
उम्मेदारी फिर्ता लिन चाहनेका लागि आयोगले असोज २६ गते १ः०० बजे भित्र फिर्ता लिन सकिने व्यवस्था गरेको छ । भने आयोगले सोहिदिन ३ः०० बजेसम्ममा अन्तिम नामावली प्रकाशन गर्ने कार्यसुसचि रहेको छ । सोहिदिन ७ः०० बजेसम्ममा उम्मेवारलाइ चुनाव चिन्न प्रदान गरिने आयोगले जनाएको छ । मंसिर ४ गते सबै मतदान स्थलहरुमा विहान ७ः०० बजे देखि ५ः०० बजे सम्म मतदान गर्न सकिने आयोगले जनाएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- २ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ३ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ४ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ५ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ६ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ७ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास
- ८ पत्रकार महासंघकाे स्थापना दिवसमा रामेछापमा विविध कार्यक्रम















प्रतिक्रिया दिनुहोस