घनश्याम भुषालले त्यागे एमाले

काठमाण्डौं । एमाले स्थायी कमिटी सदस्य तथा बाम विश्लेषक घनश्याम भुषालले शनिबार एमाले पार्टी परित्याग गरेका छन् । फेसबुकमा लामो स्टाटस लेखेर भुषालले पार्टी परित्याग गरेको जनाएका हुन ।
‘४५ बर्ष सम्म आफ्नो सम्पूर्ण सामथ्र्य समर्पित भएको यो पार्टीमा निती र विधिको पुनस्र्थापाना हुने कुनै संभावना समेत नदेखेपछि अध्यक्ष ओली सगैं रहेर आन्दोलन र आफै प्रति इमान्दार रहन नसकिने भएपछि यस पार्टीमा नरहने निष्कर्षमा पुगेको छु ’ भुषालले स्टाटसमा लेखेका छन् ।
अहिले यो पार्टी केपी शर्मा ओलीको दम्भ र स्वच्छाचारिताको कैदी हुन पुगेको उल्लेख गर्दै भुषालले लेखेका छन् – नेकपा एमालेको गौरबलाई कुनै दिन पुनस्र्थापना गराउन सकिन्छ भन्ने आशा र विश्वासले चरम अपमान र विभेद सहदै मैले पार्टीमा निती र विधिको पक्षमा संघर्ष गर्दै आएको कुरा सर्वविदितै छ ।
भुषाल केपी ओलीका कट्टर आलोचक हुन । राजनीतिक विष्लेशक समेत रहेका भुषाल ओली प्रधानमन्त्री हुदा भिम रावलको नेतृत्वमा उनको विरोधि खेमामा सक्रिय थिए । ओलीले मंसिर ४ मा हुने निर्वाचनमा भुषाललाई उम्मेदवार हुनबाट वंचित गरी उनको निर्वाचन क्षेत्रमा राप्रपाका विक्रम पाण्डेलाई एमालेको समर्थन हुने जनाएपछि भुषालले तत्काल पार्टी परित्यागको निर्णय लिएका हुन । ओली विरुद्ध लाग्ने भिम रावललाइ समेत एमाले उम्मेदवार वन्नबाट वंचित गराइएको छ । ओलीले आफ्ना विरुद्ध लाग्ने १० भाईलाई आत्माआलोचना गरी माफी नमागे सम्म उम्मेदवार नवनाउने वताएका थिए ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ लुटपाट गर्ने एक पुरुष पक्राउ
- २ देउसी खेलेकाे पैसाले खाजा खाएर आफ्नाे गाउँ आफै जाेगाऊ अभियानमा गाइखुराका माझी
- ३ सगरमाथा आरोहणबारे अनुगमन गर्न आधार शिविरमा पर्यटनमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल
- ४ युनियनले २० बुदे घाेषणापत्र जारी गर्दै पूरा गर्याे अन्तर्राष्ट्रिय लाेमन्थाङ मिडिया समिट
- ५ प्रेस युनियनकाे आयाेजनामा बैशाख २७ देखि ३० सम्म अन्तर्राष्ट्रिय मिडिया समिट हुदै
- ६ भारत पाकिस्तान तनावबारे नेपालकाे धारणा सार्वजनिक
- ७ बागमती प्रदेशभर आज सार्वजनिक बिदा
- ८ उत्कृष्ट सुचना अधिकारी २०८२ बाट मन्थलीका सुचना अधिकारी बुढाथोकी सम्मानित
प्रतिक्रिया दिनुहोस