घनश्याम भुषालले त्यागे एमाले
काठमाण्डौं । एमाले स्थायी कमिटी सदस्य तथा बाम विश्लेषक घनश्याम भुषालले शनिबार एमाले पार्टी परित्याग गरेका छन् । फेसबुकमा लामो स्टाटस लेखेर भुषालले पार्टी परित्याग गरेको जनाएका हुन ।
‘४५ बर्ष सम्म आफ्नो सम्पूर्ण सामथ्र्य समर्पित भएको यो पार्टीमा निती र विधिको पुनस्र्थापाना हुने कुनै संभावना समेत नदेखेपछि अध्यक्ष ओली सगैं रहेर आन्दोलन र आफै प्रति इमान्दार रहन नसकिने भएपछि यस पार्टीमा नरहने निष्कर्षमा पुगेको छु ’ भुषालले स्टाटसमा लेखेका छन् ।
अहिले यो पार्टी केपी शर्मा ओलीको दम्भ र स्वच्छाचारिताको कैदी हुन पुगेको उल्लेख गर्दै भुषालले लेखेका छन् – नेकपा एमालेको गौरबलाई कुनै दिन पुनस्र्थापना गराउन सकिन्छ भन्ने आशा र विश्वासले चरम अपमान र विभेद सहदै मैले पार्टीमा निती र विधिको पक्षमा संघर्ष गर्दै आएको कुरा सर्वविदितै छ ।
भुषाल केपी ओलीका कट्टर आलोचक हुन । राजनीतिक विष्लेशक समेत रहेका भुषाल ओली प्रधानमन्त्री हुदा भिम रावलको नेतृत्वमा उनको विरोधि खेमामा सक्रिय थिए । ओलीले मंसिर ४ मा हुने निर्वाचनमा भुषाललाई उम्मेदवार हुनबाट वंचित गरी उनको निर्वाचन क्षेत्रमा राप्रपाका विक्रम पाण्डेलाई एमालेको समर्थन हुने जनाएपछि भुषालले तत्काल पार्टी परित्यागको निर्णय लिएका हुन । ओली विरुद्ध लाग्ने भिम रावललाइ समेत एमाले उम्मेदवार वन्नबाट वंचित गराइएको छ । ओलीले आफ्ना विरुद्ध लाग्ने १० भाईलाई आत्माआलोचना गरी माफी नमागे सम्म उम्मेदवार नवनाउने वताएका थिए ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- २ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ३ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ४ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ५ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ६ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- ७ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ८ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम















प्रतिक्रिया दिनुहोस