रामेछापमा एमालेले तोक्यो उम्मेदवार
रामेछाप । नेकपा एमालले रामेछापबाट मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ ।
एमालले प्रतिनिधिसभा सदस्य पदका लागि कैलाश प्रसाद ढुंगेललाई उम्मेदवार वनाउने भएको छ । यसैगरी प्रदेश सभा क मा एमालेका पूर्व जिल्ला अध्यक्ष तथा बाग्मती प्रदेश सांसद शान्ति प्रसाद पौडेल र प्रदेशसभा ख मा मिलन घिसिङलाई उम्मेदवार वनाएको छ ।
प्रतिनिधि सभाका लागि उम्मेदवार वनाइएका ढुंगेल २०४८ साल पछि पटक पटक टिकट पाउने नेताको रुपमा पर्छन । तर उनले प्रतिनिधिसभामा पुग्ने सपना पुरा गर्न भने सकेका छैनन् । २०७४ मा बामगठवन्धनबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका ढुंगेल करिव साढे ३ बर्ष बाग्मती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री बनेका थिए ।
प्रतिनिधि सभाका लागि एमालेमा रत्नप्रसाद गौतम र माधव ढुंगेल प्रतिस्पर्धि थिए । गौतमले यस अघी २०७४ कै निर्वाचनमा आफ्नो उम्मेदवारीलाई शसक्त रुपमा उभ्याएका थिए । गत बर्ष उम्मेदवार हुन नपाएको गौतमले यस पटक पनि मौका पाएनन् ।
एमालेका प्रभावशाली केन्द्रीय सदस्य तथा युवा परिषदका पूर्व उपाध्यक्ष माधव ढुंगेल यस पटक धस्सिएर टिकटको दावि गर्दै आएका थिए । नातामा आफन्त कैलाश ढुंगेलले टिकट पाएपछि उनले फेसबुकमा टिकटको दावि गरेपनि नपाएको र अव पार्टीले तोकेका उम्मेदवारलाई सघाउने उल्लेख गरेका छन् ।
प्रदेश सभा तर्फ प्रदेश क मा शान्तिप्रसाद पौडेलले टिकट दोहो¥याएका छन् । एमालेका पूर्व जिल्ला अध्यक्ष समेत रहेका पौडेल यस अघी बाग्मती प्रदेश सभा सदस्य पदमा निर्वाचित भएका थिए । एमालेमा गुट र फुटको फाईदा उठाउदै पौडेलले केहि दिन बाग्मती प्रदेश सरकारको पर्यटन, बन तथा बातावरण मन्त्री हात लाएका थिए ।
प्रदेश सभा ख मा भने एमालले नयाँ उम्मेदवार वनाएको छ । दोरम्बा घर भएका मिलन घिसिङ गैरसरकारी क्षेत्रमा काम गर्दै आएका थिए । गैससमा काम सगैं एमालको जिल्ला स्तरको राजनीति गर्दै आएका घिसिङलाई जनजातीको भोट पाउने आशामा एमालेले उम्मेदवार वनाएको चर्चा पार्टीभित्र गरिएको छ ।
यसैविच रामेछापबाट गठवन्धनको उम्मेदवारहरुको टुंगो भने लागिसकेको छैन । गठवन्धनबाट प्रतिनिधि सभा सदस्यका लागि नेपाली काँग्रेसका जिल्ला सभापति पूर्णवहादुर तामाङ ( कान्छाराम ) को करिव टुंगो लागेको छ भने प्रदेश सभाका लागि उम्मेदवारको टुंगो लागिसकेको छैन । प्रदेश क मा काँग्रेस माओवादी केन्द्र र समाजवादी तीनैको दावि रहेको छ । प्रदेश सभा ख मा भने माओवादी केन्द्रलाई गठवन्धनका अरु दलले छोडिसकेका छन् । उक्त क्षेत्रमा माओवादी केन्द्रका केन्द्रीय अनुसासन समितिका सदस्य धावा लामाले उम्मेदवारी पाउने चर्चा छ ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- २ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- ३ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ४ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- ५ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- ६ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- ७ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ८ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय













प्रतिक्रिया दिनुहोस