भीम रावलले पाएनन् टिकट
काठमाण्डौं । अछाम १ बाट नेकपा एमालेको एक मात्र सिफारीसमा परेपनि केपी शर्मा ओलीले एमालेका पूर्व उपाध्यक्ष भिम रावललाई पार्टीको उम्मेदवार वन्नबाट रोक्ने भएका छन् ।
शुक्रबार सुदरपश्चिम प्रदेश भित्र प्रतिनिधि सभा र प्रदेश सभामा उम्मेदवार हुने नेताहरुको सूचि तयार पार्दा भीम रावल एमालेको सूचिमा अटेका छैनन् । आईतवार उम्मेदवारी दर्ता गर्ने अन्तिम समय सम्म कुनै फेरबदल भएन भने अव भीम रावलले एमालेको सूर्य चिन्हबाट प्रतिनिधिसभा सदस्य पदमा मनोनयन गर्ने कुरा सम्भव छैन् ।
एमालेले टुंगो लगाएको उम्मेदवारीको सूचिमा अछाम १ बाट झपड बोहोराको नाम सार्वजनिक भएको छ । बोहोरा तत्कालिन नेकपा ( नेकपा ) अलग हुदा साविक नेकपा माओवादी केन्द्रबाट एमालेमा समायोजन भएका नेता हुन । रावल भने ओली संग अध्यक्ष पदमा प्रतिस्पर्धी थिए ।
बाम गठवन्धनबाट बनेको विगतको सरकारको कार्यशैली र केपी ओलीले २ पटक प्रतिनिधिसभा विघटन गरेको विषयमा भीम रावल कटु आलोचकको रुपमा अघी देखिएका थिए । पार्टी भित्र बा तन्त्र चलेको भन्दै पार्टीलाई विधि र पद्धति बमोजिम संचालन गर्नुपर्नेमा जोड दिदै आएका रावल यस अघीका सवै निर्वाचनमा एमालेबाट अछाममा निर्वाचित हुदै आएका थिए । यस बर्ष पनि अछाम एमालेले रावलको मात्र एकल सिफारीस गरेको थियो ।
केपी ओली विरुद्ध बक्तव्य बाजि गर्ने १० जनालाई आसन्न प्रतिनिधि सभा र प्रदेश सभामा उम्मेदवार हुनबाट वंचित गराउने कुरा यसअघीनै सार्वजनिक भएको थियो । अध्यक्ष ओलीले सार्वजनिक रुपमा माफी नमागे सम्म निर्वाचनका लागि टिकट नदिने कुरा वताइसकेका थिए । अन्य नेताहरुलाई पनि निर्वाचनमा जानबाट रोक्ने ओलीको दाउ छ । उनले यस अघी पनि आफ्ना विरोधिलाई त्यसैगरी तह लगाउदै आएका थिए ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ गए राति १२ बजेदेखि मौन अवधि सुरु
- २ रामेछापमा गाडी दुर्घटना : दुईकाे मृत्यु ७ घाइते
- ३ कम्युनिष्ट पार्टीलाईलाई सघाउने हल्ला निराधार : उज्यालो नेपाल पार्टी
- ४ उमाकुण्डका प्रभावशाली नेता हिक्मत ,रामचन्द्रले टिकेट पाएसँगै फर्किए कांग्रेस
- ५ कांग्रेसकाे चुनावी अभियान प्रभावकारी बनाउन वडा स्तरमा समिति बिस्तार
- ६ लामिछानेका विश्वास पात्र प्रणय शमशेर राणाले छाडे रास्वपा
- ७ सवारी दुर्घटनाका पिडितसँग प्रशासनकाे ११ बुदे सहमति क्षतिपूर्ति तत्काल उपलब्ध गराउन निर्देशन,
- ८ रामेछापमा भएकाे बस दुर्घटना प्रति कांग्रेस उमेदवार खड्काद्वारा शाेक व्यक्त















प्रतिक्रिया दिनुहोस