भीम रावलले पाएनन् टिकट

काठमाण्डौं । अछाम १ बाट नेकपा एमालेको एक मात्र सिफारीसमा परेपनि केपी शर्मा ओलीले एमालेका पूर्व उपाध्यक्ष भिम रावललाई पार्टीको उम्मेदवार वन्नबाट रोक्ने भएका छन् ।
शुक्रबार सुदरपश्चिम प्रदेश भित्र प्रतिनिधि सभा र प्रदेश सभामा उम्मेदवार हुने नेताहरुको सूचि तयार पार्दा भीम रावल एमालेको सूचिमा अटेका छैनन् । आईतवार उम्मेदवारी दर्ता गर्ने अन्तिम समय सम्म कुनै फेरबदल भएन भने अव भीम रावलले एमालेको सूर्य चिन्हबाट प्रतिनिधिसभा सदस्य पदमा मनोनयन गर्ने कुरा सम्भव छैन् ।
एमालेले टुंगो लगाएको उम्मेदवारीको सूचिमा अछाम १ बाट झपड बोहोराको नाम सार्वजनिक भएको छ । बोहोरा तत्कालिन नेकपा ( नेकपा ) अलग हुदा साविक नेकपा माओवादी केन्द्रबाट एमालेमा समायोजन भएका नेता हुन । रावल भने ओली संग अध्यक्ष पदमा प्रतिस्पर्धी थिए ।
बाम गठवन्धनबाट बनेको विगतको सरकारको कार्यशैली र केपी ओलीले २ पटक प्रतिनिधिसभा विघटन गरेको विषयमा भीम रावल कटु आलोचकको रुपमा अघी देखिएका थिए । पार्टी भित्र बा तन्त्र चलेको भन्दै पार्टीलाई विधि र पद्धति बमोजिम संचालन गर्नुपर्नेमा जोड दिदै आएका रावल यस अघीका सवै निर्वाचनमा एमालेबाट अछाममा निर्वाचित हुदै आएका थिए । यस बर्ष पनि अछाम एमालेले रावलको मात्र एकल सिफारीस गरेको थियो ।
केपी ओली विरुद्ध बक्तव्य बाजि गर्ने १० जनालाई आसन्न प्रतिनिधि सभा र प्रदेश सभामा उम्मेदवार हुनबाट वंचित गराउने कुरा यसअघीनै सार्वजनिक भएको थियो । अध्यक्ष ओलीले सार्वजनिक रुपमा माफी नमागे सम्म निर्वाचनका लागि टिकट नदिने कुरा वताइसकेका थिए । अन्य नेताहरुलाई पनि निर्वाचनमा जानबाट रोक्ने ओलीको दाउ छ । उनले यस अघी पनि आफ्ना विरोधिलाई त्यसैगरी तह लगाउदै आएका थिए ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ लुटपाट गर्ने एक पुरुष पक्राउ
- २ देउसी खेलेकाे पैसाले खाजा खाएर आफ्नाे गाउँ आफै जाेगाऊ अभियानमा गाइखुराका माझी
- ३ सगरमाथा आरोहणबारे अनुगमन गर्न आधार शिविरमा पर्यटनमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल
- ४ युनियनले २० बुदे घाेषणापत्र जारी गर्दै पूरा गर्याे अन्तर्राष्ट्रिय लाेमन्थाङ मिडिया समिट
- ५ प्रेस युनियनकाे आयाेजनामा बैशाख २७ देखि ३० सम्म अन्तर्राष्ट्रिय मिडिया समिट हुदै
- ६ भारत पाकिस्तान तनावबारे नेपालकाे धारणा सार्वजनिक
- ७ बागमती प्रदेशभर आज सार्वजनिक बिदा
- ८ उत्कृष्ट सुचना अधिकारी २०८२ बाट मन्थलीका सुचना अधिकारी बुढाथोकी सम्मानित
प्रतिक्रिया दिनुहोस