गठबन्धनबाट निर्वाचन क्षेत्र बाँडफाँट आजै टुंगिने

काठमाडौँ — प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गठबन्धनका तर्फबाट आजै बेलुकीसम्म निर्वाचन क्षेत्र निर्वाचन क्षेत्र बाँडफाँटको टुंगो लाग्ने भएको छ । टुंगो लाग्न बाँकी निर्वाचन क्षेत्रको बारेमा छलफल गर्न सत्तारुढ गठबन्धनका चार दलको बैठक बालुवाटारमा शुक्रबार अपरान्ह वसिरहेको छ ।
बिहानैदेखि जारी बैठकमा जनता समाजवादी पार्टी (जसपा) सहभागी नभएको पाँच दलीय कार्यदलका सदस्य सचिव केशवराज जोशीले जानकारी दिएका छन् । बिहीबारसम्मको बैठकमा जसपा पनि सहभागी भएको थियो । जसपा बाहिरिएसँगै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बालुवाटार वार्तामा सहभागी भएको छ ।
लोसपाका नेता अनिल झाले सत्तारुढ गठबन्धनको वार्ताका आधारमा तालमेल निश्चित हुने जानकारी दिए । कार्यदलले गृहकार्य गरी पठाएको प्रतिवेदनका आधारमा चार दलले शुक्रबार बेलुकीसम्म निर्वाचन क्षेत्र बाँडफाँट गरिसक्ने उनले बताए ।
निर्वाचन क्षेत्र बाँडफाँटका लागि केही दिनदेखि भएको बैठकलाई निरन्तरता दिँदै आज अन्तिम रुप दिन निर्णायक वार्ता भएको हो ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आउदो आइतबार उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ । त्यसअघि निर्वाचन क्षेत्र बाँडफाँट टुंगोमा पु¥याउनै पर्ने दवाव सत्ता गठवन्धनलाई छ ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ विकासका लागि तीनै तहका सरकार एकजुट हुन आवश्यक : उपप्रधानमन्त्री खड्का
- २ पुण्यमाता खोलामा पक्की पुल निर्माणको लागि शिलान्यास, स्थानीय हर्षित
- ३ कांग्रेस रामेछापकाे महासमितिमा सहमतिका लागि न्याैपानेकाे संयाेकत्वमा समिति गठन
- ४ पौडेलको नेतृत्वमा जाजरकोटमा १०० अस्थायी आवास निर्माण
- ५ दुर्गा प्रसाईंलाई नजरबन्दमा राख्ने सरकारकाे तयारी
- ६ कर दिवसमा नवजागरण बचत र ओम स्टोर्स सम्मानित
- ७ नेपालगन्ज वाकाथनको तयारीलाई तिब्रता दिने
- ८ प्रसाईं समुहले प्रहरीको घेराबार ताेडेर हिडेपछि प्रहरीद्वारा अश्रुग्यास प्रहार
प्रतिक्रिया दिनुहोस