नेबिसंघ रामेछापको अध्यक्षमा विनोद बुढाथोकी मनोनयन

रामेछाप । नेपाल विद्यार्थी संघ रामेछापको अध्यक्षमा विनोद बुढाथोकी मनोनयन भएका छन् । नेवि संघ केन्द्रीय समितिले वुढाथोकीलाई जिल्ला अधिवेशन गराउने जिम्मेवारी सहित अध्यक्ष सुम्पिएको हो ।
बुढाथोकीलाई मनोनयन गरेको संघको पत्रमा विगत ११ बर्ष देखि जिल्ला अधिवेशन नभएको र अध्यक्षको जिम्मेवारीमा रहेका व्यक्तिको उमेर हद विधान बमोजिम ३२ बर्ष नाघीसकेको हुदाँ नेपाल विद्यार्थी संघको विधान २०२७ को छैंठौं संशोधन २०७५ बमोजिम ३ महिना भित्र जिल्ला अधिवेशन गराउने जिम्मेवारी सुम्पिएको उल्लेख छ ।
यस अघी नेपाल विद्यार्थी संघको जिल्ला अध्यक्ष पदमा सुशिल अधिकारी रहेका थिए । अधिकारीलाई समेत केन्द्रीय समितिले मनोनयन गरेको थियो । अधिकारीको नेतृत्वमा रहेको समितिलाई जिल्ला अधिवेशन गराउनका लागि यस अघी पटक पटक ध्यानाकर्षण समिति भित्रैका पदाधिकारीले गराउदै आएका थिए ।
नेविसंघ केन्द्रले नेपाली काँग्रेस संग नेपाल विद्यार्थी संघको विवरण माग गरेको र काँग्रेस जिल्ला कार्यसमितिको पत्रानुसार बुढाथोकीलाई मनोनयन गरीएको समेत जनाइएको छ ।

क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर जबराकाे निधन
- २ सामाजिक सुरक्षा काेष स्थापना गर्न पत्रकारलाई मुख्यमन्त्री जम्कट्टेलकाे आग्रह
- ३ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- ४ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ५ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ६ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ७ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ८ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
प्रतिक्रिया दिनुहोस