नबजागरण साकोसको २४ औं बार्षिक साधारण सभा सम्पन्न

रामेछाप । नबजागरण वचत तथा ऋण सहकारी संस्था मन्थलीको २४ औं बार्षिक साधारण सभा शनिबार मन्थलीमा सम्पन्न भएको छ ।
एक साता अघि देखि विभिन्न क्षेत्रगत समूहमा शुरु भएको उक्त बार्षिक साधारण सभाको समापन कार्यक्रम मन्थली नगर पालिकाका प्रमुख लब श्रेष्ठले उद्घाटन गरेका थिए । संस्थाका अध्यक्ष श्याम थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष हिमाल ढुंगेल, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष जेएन दाहाल लगाएतले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा संस्थाका सचिव सोमेश थापाले बार्षिक कार्यक्रम र कोषाध्यक्ष नारायण कार्कीले बार्षिक आय व्ययको विवरण प्रश्तुत गरेका थिए । त्यसै गरी लेखा सुपरिवेक्षण समितिका संयोजक तारानिधि सुवेदीले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन बार्षिक साधारण सभा समक्ष प्रत्तुत गरेका थिए । सभाले तीन बटै प्रश्तावलाई स्वीकृत गरेको छ ।
२४ बर्ष अघि मन्थली २ टेकनपुरमा स्थापना भएको उक्त सहकारी संस्थाले हाल मन्थलीमा रहेको आफ्नै सविधा सम्पन्न भवनमा कार्यालय राखि ७ हजार ७ सय ७० जना शेयर सदस्य मार्फत बचत तथा ऋणको कारोवार गर्दै आएको छ । संस्थाको मन्थली नगरपालिका, लिखु तामाकोशी गाउंपालिका ,रामेछाप नगरपालिका र खाडादेवि गाउंपालिका कार्यक्षेत्र रहेको छ । उक्त संस्थाले यसै बर्ष देखि लिखु तामाकोशीको धोवि वजारमा सेवा केन्द्र संचालनमा ल्याएको छ भने जिल्लामानै पहिलो सहकारी एटिएम मेसिन राखेर सदस्यलाई सेवा पु¥याएको छ ।
२४ औं बार्षिक साधारण सभामा प्रश्तुत गरेको प्रतिवेदन अनुसार संस्थाले गत आषाढ मसान्त सम्म कुल ३९ करोड ९९ लाख बचत संकलन, ३९ करोड १ लाख ऋण लगानी गरी कुल १ करोड ५७ लाख नाफा आर्जन गरेको छ । संस्थामा शेयर पूंजि ४ करोड ५५ लाख रहेको व्यवस्थापक रमेश उदाशले वताएका छन् ।
क्याटेगोरी : अर्थ, समाचार
ताजा अपडेट
- १ सरकार बादर र बँदेल नियन्त्रणमा लागेकाे छ : राज्यमन्त्री तामाङ
- २ काम गर्नेहरूलाई हावादारि गफ गर्नेसँग तुलना नगराैं : उपप्रधानमन्त्री सिंह
- ३ प्रेस युनियनले प्रदेश र शाखा अध्यक्षहरूको राष्ट्रिय सम्मेलन गर्दै
- ४ हिमाल ढुङ्गेलकाे नेतृत्वमा रामेछापमा सुचनाकाे हकका लागि राष्ट्रिय महासंघ (RTI) गठन
- ५ प्रेस चाैतारी रामेछापको अध्यक्षमा लेख बहादुर विक
- ६ सरस्वती पुजाका अवसरमा कालिदेवी आविमा विविध कार्यक्रम
- ७ मन्थली बचतले स्थापना दिवसमा १ सय सदस्यलाई दिए विद्युतिय चुलाे
- ८ शिक्षक संघद्वारा एसइइमा उत्कृष्ट अंक लाउन सफल १६ विषय शिक्षक सम्मानित
प्रतिक्रिया दिनुहोस