पुर्व अाइजीपी सर्वेन्द्र खनाल एमाले प्रवेश
काठमाडौ -नेपाल प्रहरीका पूर्व अाईजीपी सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश गरेका छन् । एमाले पार्टीकाे केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा खनालले पार्टी प्रवेश गरेका हुन् ।
एमाले पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले नेपाल प्रहरीका पुर्व महानिरीक्षक सर्वेन्द्र खनाललाई पार्टीमा स्वागत गरेका छन् । एमाले प्रवेश गरेका खनालेले अध्यक्ष ओलीजस्तो राष्ट्रवादी प्रधानमन्त्री अरु काेही नदेखेको बताए । त्यस्तै
ओलीको राष्ट्रवादी अडानबाट अाफु प्रभावित भएको बताए ।
खनालले ओलीलाई बुधबार बालकोटमा भेटेर कुरा गरेका थिए । भेटमा खनाललाई अध्यक्ष ओलीले पार्टीमा महत्वपूर्ण जिम्मेवारी दिनेसमेत बताएका थिए ।
बारा, पर्सा र काठमाडौंमध्ये कुनै एक ठाउँबाट खनाललाई उम्मेदवार बनाउनसमेत ओली तयार भएको स्रोतले बताएको छ ।
खनाललाई जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेको आरोप लागेको थियो ।
ओली प्रधानमन्त्री हुँदा खनाल आइजीपी थिए ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- २ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- ३ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ४ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- ५ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- ६ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- ७ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ८ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय













प्रतिक्रिया दिनुहोस