पुर्व अाइजीपी सर्वेन्द्र खनाल एमाले प्रवेश

काठमाडौ -नेपाल प्रहरीका पूर्व अाईजीपी सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश गरेका छन् । एमाले पार्टीकाे केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा खनालले पार्टी प्रवेश गरेका हुन् ।
एमाले पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले नेपाल प्रहरीका पुर्व महानिरीक्षक सर्वेन्द्र खनाललाई पार्टीमा स्वागत गरेका छन् । एमाले प्रवेश गरेका खनालेले अध्यक्ष ओलीजस्तो राष्ट्रवादी प्रधानमन्त्री अरु काेही नदेखेको बताए । त्यस्तै
ओलीको राष्ट्रवादी अडानबाट अाफु प्रभावित भएको बताए ।

खनालले ओलीलाई बुधबार बालकोटमा भेटेर कुरा गरेका थिए । भेटमा खनाललाई अध्यक्ष ओलीले पार्टीमा महत्वपूर्ण जिम्मेवारी दिनेसमेत बताएका थिए ।
बारा, पर्सा र काठमाडौंमध्ये कुनै एक ठाउँबाट खनाललाई उम्मेदवार बनाउनसमेत ओली तयार भएको स्रोतले बताएको छ ।
खनाललाई जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेको आरोप लागेको थियो ।
ओली प्रधानमन्त्री हुँदा खनाल आइजीपी थिए ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- २ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ३ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ४ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ५ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ६ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
- ७ रामेछाप जेसिजद्वारा विद्यार्थीका लागि ट्राक सुट वितरण
- ८ बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा चिवतन प्रथम
प्रतिक्रिया दिनुहोस