कैदी ,कर्मचारी र सुरक्षाकर्मीले समानुपातिक तर्फ मतदान गर्न पाउने

काठमाडौं – निर्वाचन अायाेगका अनुसार सरकारी कर्मचारी , सुरक्षा कर्मी र कारागारमा रहेका कैदीबन्दीले निर्वाचनमा समानुपातिक तर्फ मतदान गर्न पाउने भएका छन ।
मतदानका लागि मतदाता नामावली भएकाे पालीकामा पुग्न नपाउने सरकारी कर्मचारी, सुरक्षाकर्मी र जेलमा रहेका कैदीबन्दीहरुले आफू रहेकै स्थानबाट समानुपातिक तर्फ मतदान गर्न पाउने भएका छन् । त्यसैगरी सरकारबाट स्वीकृती लिएर सञ्चालन भएको वृद्धाश्रममा बसेका व्यक्तिहरुले आफू बसेकै स्थानबाट अस्थायी मतदाताका रुपमा समानुपातिकतर्फ मतदान गर्न पाउनेछन् ।
अस्थायी मतदाताले समानुपातिक तर्फ मात्रै मतदान गर्न पाउनेछन् । प्रत्यक्षतर्फ उनीहरुले मतदान गर्न पाउँदैनन् । आयोगले आजबाट कार्यस्थलबाटै समानुपातिक तर्फ मतदान गर्न पाउने प्रयोजनका लागि अस्थायी मतदाता नामावली संकलन गर्ने भएको छ । अस्थायी मतदाता नामावलीमा नाम समावेश हुन आयोगबाट स्वीकृत अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्ने आयोगले जनाएको छ ।
अस्थायी मतदाता नामावलीमा समावेश गरिएका मतदाताले प्रतिनिधि सभा तर्फको समानुपातिक निर्वाचन प्रणाली तर्फमात्र मतदान गर्न पाउने व्यवस्था छ ।
आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आयोगले समानुपातिक निर्वाचन प्रणाली अनुसार हुने निर्वाचनको लागि आवश्यक पर्ने अस्थायी मतदाता नामावली संकलन तथा अद्यावधिक गर्न लागेको हो ।
निर्वाचनका बेलामा कार्यस्थलमा खटिने ठूलो संख्याका संचारकर्मी मतदानका लागि आफ्नो गाउँसम्म जान भ्याउँदैनन् । यसअघि ललितपुरको हिमालय होटलमा निर्वाचन आयोगले आयोजना गरेको सम्पादकसँगको अन्तरक्रियामा पत्रकारलाई पनि कार्यस्थलबाटै भोट हाल्न सुविधा दिइनपर्ने माग उठेको थियो ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ राजनीतिक स्थायीत्व भयो तर सन्ताेषजनक काम भएन :उपसभापति खड्का
- २ भष्ट्राचार काण्डमा मुछिएका मन्त्री गुप्तालाइ बर्खास्त गर्न गगन थापाले माग
- ३ रामेछापको रामपुरमा जिल्ला अदालतद्वारा न्यायिक बाह्य पहुँच कार्यक्रम संचालन
- ४ विपद् समयावधिभर कार्यालय प्रमुखहरुलाई जिल्ला नछाड्न प्रजिअ थापाकाे आग्रह
- ५ रामेछाप पुर्ण खाेप सुनिश्चितता जिल्ला घाेषणा
- ६ कांग्रेसकाे पुर्व सभापतिदेखि पुर्वमन्त्रीसम्मलाई कारबाही
- ७ आयूर्वेदकाे सेवा अब मन्थली अस्पतालकाे पुरानाे भवनबाट
- ८ सांसद तामाङद्वारा तीन महिनाकाे तलब सुविधा बाढी पिडितलाई प्रदान गर्ने घाेषणा
प्रतिक्रिया दिनुहोस