एमालेले वनायो प्रदेशसभा निर्वाचन समन्वय समिति

रामेछाप । नेकपा एमाले रामेछापले जिल्लाका दुवै निर्वाचन क्षेत्रमा प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय समितिको गठन गरेको छ । जिल्ला अध्यक्ष आनन्द श्रेष्ठको अध्यक्षतामा बुधबार सम्पन्न पाँचौं पदाधिकारी बैठकबाट उक्त समितिको गठन गरीएको एमालेले जनाएको छ ।
पार्टी उप सचिव प्रचार तथा प्रकाशन विभागका प्रमुख प्रकाश कुमार कार्कीका अनुसार प्रदेश क को संयोजकमा होतराज ढकाल रहेका छन् । उक्त समितिको सह संयोजकमा आसवहादुर तामाङ र सचिवमा भोला खड्का रहेका छन् । समितिमा जिल्ला सदस्यहरु, पालिकाका पदाधिकारीहरु, पालिकाका वडा समितिका अध्यक्षहरु र वडा अध्यक्ष तथा सो भन्दा माथिका जनप्रतिनिधिहरु सदस्य रहनेछन् ।
यसैगरी प्रदेश क को संयोजकमा मिलनकुमार घिसिङलाई तोकिएको छ । उक्त समितिको उप संयोजकमा उज्वल सुवेदी, सचिवमा मखमली श्रेष्ठ रहेका छन् । उक्त समितिमा पनि जिल्ला समितिका सदस्य, गाउँ समितिका पदाधिकारी, वडा अध्यक्ष र सो भन्दा माथिका जनप्रतिनिधिलाई पदेन सदस्य रहने व्यवस्था गरीएको कार्कीले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ सरकार बादर र बँदेल नियन्त्रणमा लागेकाे छ : राज्यमन्त्री तामाङ
- २ काम गर्नेहरूलाई हावादारि गफ गर्नेसँग तुलना नगराैं : उपप्रधानमन्त्री सिंह
- ३ प्रेस युनियनले प्रदेश र शाखा अध्यक्षहरूको राष्ट्रिय सम्मेलन गर्दै
- ४ हिमाल ढुङ्गेलकाे नेतृत्वमा रामेछापमा सुचनाकाे हकका लागि राष्ट्रिय महासंघ (RTI) गठन
- ५ प्रेस चाैतारी रामेछापको अध्यक्षमा लेख बहादुर विक
- ६ सरस्वती पुजाका अवसरमा कालिदेवी आविमा विविध कार्यक्रम
- ७ मन्थली बचतले स्थापना दिवसमा १ सय सदस्यलाई दिए विद्युतिय चुलाे
- ८ शिक्षक संघद्वारा एसइइमा उत्कृष्ट अंक लाउन सफल १६ विषय शिक्षक सम्मानित
प्रतिक्रिया दिनुहोस