रामेछाप कांग्रेसको विवाद टुंगियो ,भयाे यस्ताे सहमति
रामेछाप – नेपाली कांग्रेस रामेछापको अान्तरिक विवाद टुंगिएको छ । लामाे समयदेखि विभिन्न विषयमामा असहमति जनाउदै अाएका कांग्रेस नेताहरु बिच अाज सहमति भएकाे हाे ।
नेपाली कांग्रेस रामेछापका केन्द्रीय प्रतिनिधि नेपाली कांग्रेसका केन्द्रीय सदस्य हरिशरण नेपालीकाे संयाेजकत्वमा शनिबार पार्टी कार्यालय मन्थली बसेकाे बैठकले विभिन्न निर्णय गर्दै दुबै पक्ष सहमतिमा जुटेका हुन।
उक्त बैकमा साउन ३ गते भन्दा पछि भएका निर्णय लागू नगर्ने र त्यस अघि जाे जुन पदमा तथा जिम्मेवारीमा रहकाे हाे साेहि अवस्थामा रहने निर्णय गरेकाे छ । त्यस्तै असन्तुष्ट नेताहरूले विभिन्न माग राखेर दिएकाे उजुरी तथा ज्ञापनपत्र अगाडि नबढाउने तथा फिर्ता लिने निर्णय भएकाे छ । भने पार्टी सभापति कान्छारामले कुनैपनि पदाधिकारी तथा सदस्यहरुकाे अात्मा सम्मानमा चाेट पुग्ने गरि क्रियाकलाप नगर्ने निर्णय भएकाे छ । त्यस्तै पार्टी सभापतिले सबैसँग सल्लाह गरेर मात्र पार्टीका गतिविधि संचालन गर्नेपर्ने निर्णय गर्दै सहमति भएकाे सभापति कान्छारामले बताए ।
नेपाली कांग्रेस रामेछापकाे १४ अाै जिल्ला अधिबेशन पछि जिल्ला कार्यसमिति तथा पार्टी सभापतिकाे कार्यशैली तथा गतिविधि प्रति असन्तुष्ट भएका नेताहरुले यश अघि विभिन्न माग राख्दै विराेध जनाउदै अमएका थिए । त्यसै बिचमा सभापतिकाे कार्यशैली तथा गतिविधि सुधार्नकम लागि असन्तुष्ट पक्षहरुले जिल्ला समितिमा ज्ञापनपत्र र केन्द्रीय तथा प्रदेस समितिमा उजुरी समेत दिएका थिए । यसैबीच केन्द्रीय प्रतिनिधिका रुपमा जिल्ला अाएका हरिशरण नेपालीकाे संयाेजकत्वमा बसेकाे संयुक्त बैठकबाट शनिबार सहमतिमा अाएका हुन ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य हरिशरण नेपालीकाे संयाेजकत्वमा नेपाली कांग्रेस रामेछापका सभापति पुर्णबहादुर तामाङ (कान्छाराम) अध्यक्षतामा बसेकाे उक्त बैठकमा पुर्व पार्टी सभापति रामचन्द्र खड्का , निवर्तमान सभापति लवश्री न्याैपाने , उपसभापति लेखबहादुर कार्की , नवराज थाेकर, सचिव दिपक खड्का ,सह- सचिव कमल याेञ्जन,काेषाध्यक्ष लवबहादुर थापामगर ,महाधिवेशन प्रतिनिधिहरु ध्रुवहरि ढुङ्गेल,केशव चालिसे, भरत चाैलागाइ, पुर्व महाधिवेशन प्रतिनिधि कृष्ण महत, झनक श्रेष्ठ , जिल्ला सदस्यहरु सिताराम कार्की,सुमन्त कार्कि र कमान खड्का सहभागी थिए ।
नेपाली कांग्रेसले भाद्र १० गतेबाट देशभर “जनताकाे साथमा कांग्रेस ” अभियान संचालन गर्दैछ । उक्त अभियान नेपाली कांग्रेस रामेछापले एकढिक्का भएर संचाल गर्ने भएकाे छ ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- २ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ३ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ४ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ५ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ६ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ७ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास
- ८ पत्रकार महासंघकाे स्थापना दिवसमा रामेछापमा विविध कार्यक्रम















प्रतिक्रिया दिनुहोस