नागरिकता कानुन एमाालेले सच्याउछ : योगेश भट्टराई

रामेछाप – नेकपा एमालेका सचिव एवं पूर्व संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले बर्तमान सरकारले बलजफ्ति संसदबाट पारित गरेको नागरिकता कानुन एमालेको बहुमतको सरकार आएपछि परिवर्तन गर्ने वताएका छन् ।
प्रेस चौतारी नेपाल रामेछापले आइतबार रामेछापको मन्थलीमा राखेको पत्रकार भेटघाटका क्रममा भट्टराईले राष्ट्रपतिले संसदमा फिर्ता गरेको नागरिकता विधेयकलाई शेरवहादुर देउवा सरकारले बलपूर्वक पास गरेको आरोप लगाए । ‘दोश्रो पल्ट गएको विधेयक राष्ट्रपतिले प्रमाणीत गर्नु भन्दा अर्को बाटो छैन , त्यसैले मंसिर पछि एमालेको सरकार आउछ र त्यस कानुनलाई सुधार गर्छ’ भट्टराईले भने । नागरिकताको सवाल ख्यालख्याल नभएको वताउदै राष्ट्रियताको सवाल जोडिएको विषयमा राष्ट्रिय सहमति वनाएर जाउ भनेर एमालले भनेको भट्टराईको दावि थियो ।
आसन्न निर्वाचनमा एमालले समाजवादी धारको नेतृत्व गरेर जाने वताए । संविधानले समाजवादमा पुग्ने कल्पना गरेकाले एमालेले त्यसको अगुवाई गर्ने र पूजिवादी नेतृत्व गर्दै आएको का“ग्रेस विस्तारै पतनको बाटोमा जाने उनले ठोकुवा गरे ।
वर्तमान गठवन्धनको सरकार विचार नमिल्नेहरुको समूह भएको भट्टराईले कटाक्ष गरे । विचार र सिद्धान्त नमिल्नेको गठवन्धन संभव छैन । ‘कानुन बाट नेपालमा कमलरी र कमारा प्रथाको अन्त्य भएपनि माधव जि र प्रचण्डहरु शेरवहादुर देउवाको कमलरी र कमारा वस्न गएका छन् ’ भट्टराईले भने – शेरवहादुर देउवाकांहा कमलरी र कमारा वस्ने संग एमालेको गठवन्ध हुन सक्दैन ।
आसन्न निर्वाचनमा एमालले छेउलागेका र निम्न वर्गका लागि लक्षित गरी घोषणा पत्र ल्याउने तयारी गरेको उनले वताए । भदौ भित्रै एमालेको घोषणा पत्र आउने उनले वताए । भट्टराई नेकपा एमाले मन्थली नगर समितिबाट आयोजना हुने कार्यकर्ता प्रशिक्षण कार्यक्रमका लागि आईतबार मन्थली आईपुगेका हुन ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ शैक्षिक आन्दोलन र शिक्षक
- २ विद्यालयमा खानेपानी व्यवस्थापनका लागि मुक्तिनाथ बैंककाे सहयाेग
- ३ कक्षा १२ काे परीक्षा स्थगित
- ४ एनडिसीमा श्रमिकको मुद्दा सुनिश्चित: वनमन्त्री शाही
- ५ रामेछाप खाँडादेविका एक पुरुषले गरे श्रीमतीकाे हत्या , छाेराछाेरी घाइते
- ६ बालमैत्री नगर घाेषणाले फाइदा नै फाईदा हुन्छ : समन्वय प्रमुख खड्का
- ७ कांग्रेसको महाधिवेशन समयमै हुनुपर्छ : नैनसिंह महर
- ८ प्रसंसा कारिताले पत्रकारिता चल्दैन : युनियन महासचिव पाैडेल
प्रतिक्रिया दिनुहोस