नागरिकता कानुन एमाालेले सच्याउछ : योगेश भट्टराई
रामेछाप – नेकपा एमालेका सचिव एवं पूर्व संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले बर्तमान सरकारले बलजफ्ति संसदबाट पारित गरेको नागरिकता कानुन एमालेको बहुमतको सरकार आएपछि परिवर्तन गर्ने वताएका छन् ।
प्रेस चौतारी नेपाल रामेछापले आइतबार रामेछापको मन्थलीमा राखेको पत्रकार भेटघाटका क्रममा भट्टराईले राष्ट्रपतिले संसदमा फिर्ता गरेको नागरिकता विधेयकलाई शेरवहादुर देउवा सरकारले बलपूर्वक पास गरेको आरोप लगाए । ‘दोश्रो पल्ट गएको विधेयक राष्ट्रपतिले प्रमाणीत गर्नु भन्दा अर्को बाटो छैन , त्यसैले मंसिर पछि एमालेको सरकार आउछ र त्यस कानुनलाई सुधार गर्छ’ भट्टराईले भने । नागरिकताको सवाल ख्यालख्याल नभएको वताउदै राष्ट्रियताको सवाल जोडिएको विषयमा राष्ट्रिय सहमति वनाएर जाउ भनेर एमालले भनेको भट्टराईको दावि थियो ।
आसन्न निर्वाचनमा एमालले समाजवादी धारको नेतृत्व गरेर जाने वताए । संविधानले समाजवादमा पुग्ने कल्पना गरेकाले एमालेले त्यसको अगुवाई गर्ने र पूजिवादी नेतृत्व गर्दै आएको का“ग्रेस विस्तारै पतनको बाटोमा जाने उनले ठोकुवा गरे ।
वर्तमान गठवन्धनको सरकार विचार नमिल्नेहरुको समूह भएको भट्टराईले कटाक्ष गरे । विचार र सिद्धान्त नमिल्नेको गठवन्धन संभव छैन । ‘कानुन बाट नेपालमा कमलरी र कमारा प्रथाको अन्त्य भएपनि माधव जि र प्रचण्डहरु शेरवहादुर देउवाको कमलरी र कमारा वस्न गएका छन् ’ भट्टराईले भने – शेरवहादुर देउवाकांहा कमलरी र कमारा वस्ने संग एमालेको गठवन्ध हुन सक्दैन ।
आसन्न निर्वाचनमा एमालले छेउलागेका र निम्न वर्गका लागि लक्षित गरी घोषणा पत्र ल्याउने तयारी गरेको उनले वताए । भदौ भित्रै एमालेको घोषणा पत्र आउने उनले वताए । भट्टराई नेकपा एमाले मन्थली नगर समितिबाट आयोजना हुने कार्यकर्ता प्रशिक्षण कार्यक्रमका लागि आईतबार मन्थली आईपुगेका हुन ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ रामेछापमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु
- २ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- ३ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ४ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ५ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ६ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ७ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ८ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन













प्रतिक्रिया दिनुहोस