सभापति कान्छाराम विरुद्ध बहुमत सदस्यकाे विज्ञप्ति

रामेछाप – नेपाली कांग्रेस रामेछापका सभापती पूर्णबहादुर तामाङ (कान्छाराम) विरुद्धमा जिल्ला समितिका बहुमत सलस्यले बिज्ञप्ती जारी गरेका छन् ।

सभापती कान्छारामकाे गतिविधि विधि र विधान विपरीत भएकाे अाराेप लगाउदै उपसभापति सहित २६ सदस्यकाे हस्ताक्षरमा मंगलबार विज्ञप्ति जारी गरेकाे छ ।
सभापतिकाे गतिविधि र कार्यशैलीका कारण पार्टीलाई परेकाे असर र आगमी मंसिर ४ मा हुने निर्वाचनमा पर्ने प्रभावलाई समेत मध्येनजर गरि सभापतिलाई कार्यशैली सुधार्न सुझाव दिदा समेत , मनाेमानी ढङ्गले अवैधानिक र अलाेकतान्त्रिक कियाकलाप गरेर विधान विपरीत शुभेच्छुक संस्था प्रेस युनियनका अध्यक्षलाई कारबाही गरेकाे र पार्टीका साथिहरुलाइ गाली गलाैच गर्ने गरेकाे कुरा उल्लेख गर्दै सभापतिले अझै अाफ्नाे गतिविधि तथा कार्यशैली नसुधारे अप्रिय कदम चाल्न बाध्य हुने विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।
कांग्रेसको १४ औं जिल्ला अधिवेशनबाट तामाङ जिल्ला सभापतिमा निरेवाचित भएका हुन । तामाङ सभापति भएदेखि नै कार्यसमितिकाे बैठकहरुमा सभापतिकाे कार्यशैली अलोकतान्त्रिक, अराजनीतिक भएको कारण कार्यसमितिका सदस्यहरुले पटक–पटक सभापतिको निर्णयप्रति असहमित जनाउँदै आएका थिए ।
समितिका पदाधिकारी तथा सदस्यहरुले सभापतिलाई विधान अनुरुप चल्न अनुरोध गर्दागर्दै पनि केहि राजनीतिक स्वार्थीहरुको स्वार्थ सिद्ध हुने गरी पार्टीलाई अबैधानिक र अलोकतान्त्रिक तरिकाले सञ्चालन गरेको उनीहरुको आरोप छ ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर जबराकाे निधन
- २ सामाजिक सुरक्षा काेष स्थापना गर्न पत्रकारलाई मुख्यमन्त्री जम्कट्टेलकाे आग्रह
- ३ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- ४ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ५ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ६ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ७ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ८ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
प्रतिक्रिया दिनुहोस