करले रेकर्ड नराख्दा व्यवसायी दोहोरो मारमा

रामेछाप – साविकका कर कार्यालयले आफुले बुझेको करको रेकर्ड जिम्मेवारी सरेको निकायलाई नबुझाउदा रामेछापका व्यवसायिहरुले दोहोरो कर तिर्नुपर्ने भएको छ । बर्षौ देखि कर तिर्दै आएका व्यवसायीहरुको समेत बक्यौता देखाएपछि व्यवसायीहरुमा अन्यौलता बढेको हो ।
रामेछाप जिल्लाका व्यवसायीहरुले २०५८ साल देखि कर कार्यालय जनकपुरमा कर वुझाउनु पर्दथ्यो । उक्त कार्यालयमा कर वुझाएको करको रेकर्ड पछि जिम्मेवारी लिएका कर कार्यालय संग नभएको तर बक्यौता लगत मात्र रहेकोले व्यवसायीहरु मर्कामा परेको रामेछाप उद्योग वाणिज्य संघले जनाएको छ ।
जनकपुरको कर कार्यालय भक्तपुर , धुलिखेल हुदै हाल करदाता सेवा कार्यालयको रुपमा रामेछाप आएपछि व्यवसायीको लगत बारे जानकारी पाएका हुन । धेरै व्यवसायीको बर्षौ देखिको कर नबुझाएको बक्यौता करदाता सेवा कार्यालयको तथ्याङ्कले देखाएको छ ।
रामेछापका धेरै व्यवसायीहरुको २०५१/५२ देखिको कर तिर्न बांकी रहेको लगत कर कार्यालयले कसेको छ । जवकि जनकपुर, भक्तपुर र धुलिखेल कर कार्यालयमा हरेक बर्ष कर दाखिला गरी कर चुक्ता समेत लिदै आएका व्यवसायीको लगत समेत सो लगतमा समावेश गरीएको छ । कर कार्यालयको सफ्टवेयरमा पहिले वुझाएको करको विवरण प्रविष्टि नगर्दा समस्या भएको हुन सक्ने करदाता सेवा कार्यालयका कार्यालय प्रमुख कृष्णप्रसाद न्यौपानेले वताएका छन् ।
रामेछाप उद्योग वाणिज्य संघले व्यवसायीलाई दोहोरो कर लगाउने गरी राखिएको उक्त तथ्याङकलाई सुधारका लागि माग गरेको संघका कार्यकारी अधिकृत नविन केसीले वताएका छन् । उनले नेपाल उद्योग वाणिज्य संघ मार्फत समस्याको समाधानका लागि पहल गर्न समेत पत्राचार भएको वताए ।
क्याटेगोरी : अर्थ, समाचार
ताजा अपडेट
- १ पत्रकार पाठकलाई तत्काल पक्राउ नगर्न अदालतकाे अल्पकालीन आदेश
- २ भावुक स्टाटस लेखेर सम्पर्क बिहिन भएका डा: श्रेष्ठ शकुसल फेला
- ३ महिलाहरुका लागि सशक्तीकरण तथा सचेतना कार्यक्रम
- ४ वैदेशिक राेजगारीका क्रममा ठगिमा परेकाले सामीकाे पहलमा पाए ५१ लाख ३६ हजार
- ५ अहमदाबाद विमानस्थलबाट लण्डनका लागि उडान विमान दुर्घटना
- ६ विपद पूर्व तयारी तथा उद्वारकाे पूर्व अभ्यास प्रदर्शन
- ७ मन्थलीका सबै वडा एकैसाथ बालमैत्री घाेषणा : दिगाेपनाका लागि निरन्तरता दिने प्रतिबद्धता
- ८ रामेछाप नगरकाे सबै वडा एकैदिन बालमैत्री घाेषणा
प्रतिक्रिया दिनुहोस