काँग्रेसमा २५ जनाकोे ज्ञापनपत्र

रामेछाप । नेपाली काँग्रेस रामेछापको सभापति पूर्णवहादुर तामाङ ( कान्छाराम) को कार्यशैली प्रति असहमति राख्दै जिल्लाका विभिन्न तहका २५ जना नेताहरुले ज्ञापन पत्र वुझाएका छन् । ज्ञापन पत्र जिल्ला सभापति पूर्णवहादुर तामाङ (कान्छाराम) लाई वुझाईएको हो ।
ज्ञापन पत्र वुझाउनेमा काँग्रेसका पूर्व जिल्ला सभापति लबश्री न्यौपाने देखि नगर र पालिकाको निर्वाचनमा हारेका प्रमुख पदका उम्मेदवार तथा पदाधिकारी, महाधिवेशन प्रतिनिधि र जिल्ला सदस्य रहेका छन् ।
ज्ञापन पत्रमा कान्छारामले हेपाहा प्रविति देखाउदै एजेण्डा भन्दा बाहिर गएर अन्य सदस्यलाई निर्णय प्रकृयाबाट नियन्त्रीत र कुण्ठित गर्ने गरी आफुले पहिलै गरेका निर्णय अनुमोदन गराउने गरेको , पार्टी विधान बमोजम संसदिय बोर्ड गठन नगरी स्थानीय निर्वाचनमा आफन्तलाई मनोमानी टिकट वितरण गरेको, आफन्तलाई जिल्ला सदस्यमा मनोनित गरेको जस्ता आरोप लगाइएको छ । ज्ञापन पत्रमा सित्खा बैठक बहिष्कार देखि पार्टीका भातृ संस्था र सुभेच्छुकहरुलाई कारवाहि गर्ने चेतावनी सहितका कुरा उठाइएको छ । यस अघी पार्टीले आयोजना गरेका कार्यक्रमहरुमा सक्रिय सहभागिता गरी संगठनको काममा लागेको कुरा उठाउदै ज्ञापन पत्रमा पछिल्ला दिनमा सभापतिबाट भएका गल्ति कमजोरीलाई केलाइएको छ ।
ज्ञापन पत्रमा यस अघी भएका बदरभागि निर्णय बदर हुनुपर्ने, नेतृत्वले आत्माआलोचना गर्नुपर्ने र भविश्यमा सच्चिएर जाने विश्वसनिय वातावरण बनाउन समेत माग गरीएको छ ।
पार्टी जिल्ला सभापतिले साउन ३ गते डाकेको बैठकमा नगएर बाहिर बसेका जिल्ला तहका नेताहरु ६ गतेको बैठकमा समेत गएका थिएनन् । सभापतिको कार्यशैली प्रति असहमति राख्नेहरुमा पूर्व जिल्ला सभापति तथा रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपाने, जिल्ला उप सपभापति नबराज थोकर, सचिव विनोद कार्की र सहसचिव ध्रुवप्रसाद चौलागाई लगाएत छन् ।
यसैविच ज्ञापन पत्रमा दस्तखत गरेका जिल्ला सदस्य घननारायण श्रेष्ठ र ध्रुव लामाले दिएको राजीनामा स्वीकृत गरीएको जिल्ला कार्यसमितिले जनाएको छ । उनीहरु दुवैले स्थानीय तहको निर्वाचनमा आफ्नो पालिकामा पराजय भोग्नु परेको भन्दै नैतिकताका आधारमा राजीनामा गरेको जनाएका थिए ।
जिल्ला सभापति तामाङले पार्टीको संगठन विस्तार गरी स्थानीय तहको निर्वाचनमा सफलता प्राप्त गरेको विषय ओझेलमा पार्ने मनसायले नियतवस आधिकारीक पत्र पाएर पनि बैठकमा नआउने पदाधिकारी तथा सदस्यहरुलाई विधान बमोजिम कारवाहि प्रकृया अघी बढाउने वताएका छन् । पार्टीको २ वटा बैठकमा नगएका नेताहरुले कारवाहिबाट बच्चकै लागि उक्त ज्ञापन पत्र वुझाएको हुन सक्ने श्रोतले उल्लेख गरेको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ स्वास्थ्य मन्त्रालयले गर्यो विज्ञ टोली गठन, जनसंख्या ,श्रम र आप्रवासन स्वास्थ्य समितिमा डा. सैयद
- २ अपांग संघकाे केन्द्रीय अध्यक्षमा रामेछापको कल्पनाकाे उमेदवारी
- ३ आजबाट एसइई परीक्षा सुरु
- ४ मन्थली क्याम्पसकाे स्ववियु सभापतिमा थापा विजयी
- ५ नेपाली कांग्रेस रामेछापले बिभिन्न तहमा सम्मेलन गर्दै
- ६ मन्त्री पद गए जाओस,काम गर्नेलाई साथ दिन्छु : उर्जा राज्यमन्त्री तामाङ
- ७ मन्थली क्याम्पसमा स्ववियु निर्वाचनका लागि नेविसंघबाट उमेदवारी दर्ता
- ८ मन्थली माविका छात्रालाई मुक्तिनाथ बैंककाे उत्कृष्ट छात्रवृत्ति
प्रतिक्रिया दिनुहोस