दुध विक्री गर्नेलाई अनुदान
रामेछाप । मन्थली नगरपालिकाले दुध विक्रेता किसानलाई दुधमा अनुदान वितरण गरेको छ । नगरपालिका भित्र गाई भैंसी पालन गरी दुग्ध व्यवसाय गर्ने किसानलाई अनुदान उपलव्ध गराईएको हो ।
दुध उत्पादन गरी डेरीमा विक्री गर्ने किसानलाई प्रतिलिटर २ रुपैया अनुदान उपलव्ध गराउने नीति नगरपालिकाले लिएको छ । उक्त नीति बमोजिम डेरीमा रहेको तथ्यांकका आधारमा किसानलाई १७ लाख ९ हजार रुपैया अनुदान उपलव्ध गराइएको हो । नगरपालिकाको कार्यालयमा आयोजित एक कार्यक्रममा उप प्रमुख ईश्वरी वस्नेतले किसानलाई अनुदान वितरण गरेकी छिन् ।
मन्थली नगरपालिकाले विगत ४ बर्ष देखी दुधमा अनुदान दिईरहेको छ । सुरुमा प्रतिलिटर १ रुपैया अनुदान दिएको नगरपालिकाले गत बर्ष देखि अनुदान रकम दोब्बर वनाएको नगरपालिका पशुसेवा शाखाका प्रमुख मुकुन्द खड्काले वताएका छन् । बागमती प्रदेश सरकारले पनि दुध उत्पादन गरी विक्री गर्ने किसानलाई अनुदान दिने व्यवस्था गर्दै आएको छ । रामेछापमा दुई वटा व्यवसायीक डेरी र दर्जन भन्दा बढी पशु फार्महरु संचालनमा रहेका छन् । मन्थलीको डेरीमा २० किलोमिटर टाढा देखिको दुध संकलन हुन थालेको छ । डेरीले किसानले ल्याएको जतिसुकै दुध लिने गरेकाले पनि उक्त व्यवसाय गर्ने किसान बढी आकर्षित भएका छन् ।
क्याटेगोरी : अर्थ, समाचार
ताजा अपडेट
- १ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- २ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
- ३ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई
- ४ ३२औँ कार्गो दिवस सम्पन्न, व्यापार सहजीकरणमा फ्रेट फरवार्डिङ क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री बानियाँ
- ५ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- ६ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- ७ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ८ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’













प्रतिक्रिया दिनुहोस