दुध विक्री गर्नेलाई अनुदान

रामेछाप । मन्थली नगरपालिकाले दुध विक्रेता किसानलाई दुधमा अनुदान वितरण गरेको छ । नगरपालिका भित्र गाई भैंसी पालन गरी दुग्ध व्यवसाय गर्ने किसानलाई अनुदान उपलव्ध गराईएको हो ।
दुध उत्पादन गरी डेरीमा विक्री गर्ने किसानलाई प्रतिलिटर २ रुपैया अनुदान उपलव्ध गराउने नीति नगरपालिकाले लिएको छ । उक्त नीति बमोजिम डेरीमा रहेको तथ्यांकका आधारमा किसानलाई १७ लाख ९ हजार रुपैया अनुदान उपलव्ध गराइएको हो । नगरपालिकाको कार्यालयमा आयोजित एक कार्यक्रममा उप प्रमुख ईश्वरी वस्नेतले किसानलाई अनुदान वितरण गरेकी छिन् ।
मन्थली नगरपालिकाले विगत ४ बर्ष देखी दुधमा अनुदान दिईरहेको छ । सुरुमा प्रतिलिटर १ रुपैया अनुदान दिएको नगरपालिकाले गत बर्ष देखि अनुदान रकम दोब्बर वनाएको नगरपालिका पशुसेवा शाखाका प्रमुख मुकुन्द खड्काले वताएका छन् । बागमती प्रदेश सरकारले पनि दुध उत्पादन गरी विक्री गर्ने किसानलाई अनुदान दिने व्यवस्था गर्दै आएको छ । रामेछापमा दुई वटा व्यवसायीक डेरी र दर्जन भन्दा बढी पशु फार्महरु संचालनमा रहेका छन् । मन्थलीको डेरीमा २० किलोमिटर टाढा देखिको दुध संकलन हुन थालेको छ । डेरीले किसानले ल्याएको जतिसुकै दुध लिने गरेकाले पनि उक्त व्यवसाय गर्ने किसान बढी आकर्षित भएका छन् ।
क्याटेगोरी : अर्थ, समाचार
ताजा अपडेट
- १ नेकपा एमाले बागमतीकाे अध्यक्षमा रामेछापका ढुङ्गेल विजयी
- २ बजार अनुगमन प्रभावकारी बनाउनुस् : कावा प्रधानमन्त्री खड्का
- ३ एमाले बागमती प्रदेश अध्यक्षमा ढुङ्गेल सहित पाँचजनाकाे उम्मेदवारी
- ४ शिक्षक आन्दोलन फिर्ता
- ५ संविधान दिवसमा विविध कार्यक्रम
- ६ प्रेस युनियन केन्द्रमा परामर्श समिति गठन
- ७ बेवारिसे शव फेला
- ८ असाेज ३ गते देखि सडक आन्दोलनमा शिक्षक
प्रतिक्रिया दिनुहोस