४ लाख बराबरको लत्ताकपडा र सुपारी प्रहरीद्वारा बरामत

झापा- नेपालकाे पूर्वी नाका झापाको काकडभिट्टाबाट ४ लाख बराबरकाे लत्ताकपडा र सुपारी प्रहरीले बरामद गरेको छ । प्रहरीले ५० हजारको सुपारी र ३ लाख ५० हजारको सटिङसुटिङको कपडा बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मेचिनगर नगरपालिका-६ स्थित काकडभिट्टा नाकाबाट भारततर्फ अवैधरूपमा लैजाँदै गरेको पाँच बोरा सुख्खा सुपारी बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्त पाठकले जानकारी दिएकाे छ ।
प्रवक्ता पाठकका अनुसार सोही नाकाबाट भन्सार छलेर नेपाल भित्र्याउदै गरेकाे चार पोका कपडा प्रहरीले बरामद गरेको छ ।
बरामद गरिएको सुपारी र कपडालाई आवश्यक कारवाहीका लागि आइतबार मेची भन्सार कार्यालय काकँडभिट्टा बुझाइसकेको प्रहरीले जनाइएको छ।
क्याटेगोरी : अर्थ, समाचार
ताजा अपडेट
- १ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
- २ रामेछाप जेसिजद्वारा विद्यार्थीका लागि ट्राक सुट वितरण
- ३ बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा चिवतन प्रथम
- ४ उमाकुण्डमा बाेलेराे दुर्घटना हुदा चालककाे मृत्यु
- ५ काँग्रेसको विश्वासको मतले अर्थ राख्दैन – एमाले सचिव विष्ट
- ६ रामेछापमा प्रदेश स्तरीय भलिबल प्रतियोगिता हुदै
- ७ भागबन्डा टुङ्गियाे आजै मन्त्रीपरिसद विस्तार हुने
- ८ साेमबार शाेक विदा
प्रतिक्रिया दिनुहोस