प्रतिनिधिसभाकाे उपसभामुखमा भुसाल विजयी

काठमाडौ – प्रतिनिधिसभाकाे उपसभामुखमा पुष्पा भुसाल विजयी भएकी छिन् । शुक्रबार संसदमा भएकाे मतदानमा गठबन्धनकाे साझा उम्मेदवार नेपाली कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल गौतम निर्वाचित भएकी हुन् ।

प्रतिनिधिसभाको दोस्रो बैठकले माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले उपसभामुखमा भुसाललाई निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो ।
शुक्रबार संसदमा भएको मतदानमा पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार सांसद भुसालले १४८ मत पाइन् ।
यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी सांसद विद्या भट्टराईले ९३ मत पाएकी छिन् । निर्वाचित भुसाल नेपाली कांग्रेसकी केन्द्रीय सदस्य हुन् ।
मतदान प्रक्रियामा एक जना सांसद सहभागी भएका थिएनन् ।
२०७६ साल माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि अहिलेसम्म रिक्त रहेको पदमा आज चुनाव भएको हो ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर जबराकाे निधन
- २ सामाजिक सुरक्षा काेष स्थापना गर्न पत्रकारलाई मुख्यमन्त्री जम्कट्टेलकाे आग्रह
- ३ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- ४ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ५ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ६ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ७ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ८ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
प्रतिक्रिया दिनुहोस