करार कर्मचारीलाई विदा गर्दै स्थानीय तह
रामेछाप । मन्थली नगरपालिकामा कार्यरत करार तर्फका कर्मचारीको करार अवधि थप हुने र नहुने विषयमा कर्मचारी विच अन्यौल बढेको छ ।
नगरपालिकाले बुधबार सूचना जारी गरी केहि बाहेक सवै करार तर्फका कर्मचारीहरुलाई साउन १ गते देखि हाजिर नगर्न । नगराउन निर्देशन दिएको छ । उक्त सूचना पछि करार तर्फका अधिकांश कर्मचारी जागिरको जोगाउने ध्याउन्नमा लागेका छन् । करारको म्याद नथप्दा या अन्य वैकल्पिक व्यवस्था नहुदा केहि वडामा सिफारीस लगाएतका सवै काम प्रभावित हुने भएको छ । वडा कार्यालयहरुमा दैलो खोल्ने कार्यालय सहयोगि देखि वडा सचिव सम्म करारका कर्मचारी कार्यरत रहेका छन् ।
सूचनामा करार थप गर्ने विषयमा अर्को निर्णय नभए सम्मका लागि हाजिर नहुनु भन्ने उल्लेख छ । प्रमुख प्रशासकिय अधिकारी लिलाराज पौडेलले हस्ताक्षर गरी जारि गरेको सूचनामा निर्णय हुने अवधि भने उल्लेख छैन् ।
नगरपालिकाले सवारी चालक, नगरपालिकामा कार्यरत कार्यालय सहयोगी, सफाईकर्मी, पालेपहरा दिने कर्मचारी, परियोजनामा कार्यरत कर्मचारी र साविक जिल्ला विकास समितिबाट आएका अस्थायी कर्मचारी बाहेक अन्य सवै करार कर्मचारी लाई हाजिरमा प्रतिवन्ध लगाइएको हो ।
करार तर्फ स्वास्थ्य क्षेत्रमा काम गर्ने सवैभन्दा धेरै कर्मचारी रहेका छन् । मन्थली अस्पताल लगाएत शहरी स्वास्थ्य केन्द्रमा कार्यरत करार कर्मचारीलाई समेत हाजिर नगर्न भनिएको छ । कतिपय स्वास्थ्य प्राविधिक विना सेवा अवरुद्ध हुने भएपनि नगरपालिकाले मन्थली अस्पताललाई बाँकी हुने जनशक्तिबाट स्वास्थ्य सेवा निरन्तर दिन निर्देशन दिएको छ ।
मन्थली नगरपालिका साविकमा एमालेले विजय गरेको थियो । एमालेबाट निर्वाचित पूर्व नगर प्रमुख रमेशकुमार वस्नेत एकिकृत समाजवादीमा प्रवेश गरेपछि उनले भर्ना गरेका करारका कर्मचारी छटनी गर्ने संकेतको रुपमा उक्त सूचनालाई लिइएको छ । हाल नेकपा एमालेकै कार्यपालिकामा बहुमत छ । नगर प्रमुख र उप प्रमुख सहित एमालेका जनप्रतिनिधि निर्वाचित भएकाले धेरै कर्मचारी करार अवधि थप हुनेमा आशावादी रहेका थिए ।
यसैविच रामेछापको लिखु तामाकोशी गाउंपालिकाले समेत सम्पूर्ण करार तर्फका कर्मचारीको म्याद नथप्ने निर्णय गरेर सूचना जारी गरीसकेको छ । यस अघी नेकपा एमालले विजय गरेको उक्त पालिकामा हाल नेपाली काँग्रेसले विजय हासिल गरेको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- २ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
- ३ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई
- ४ ३२औँ कार्गो दिवस सम्पन्न, व्यापार सहजीकरणमा फ्रेट फरवार्डिङ क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री बानियाँ
- ५ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- ६ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- ७ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ८ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’













प्रतिक्रिया दिनुहोस