सुनकोशी ३ मा लगानी गर्न इच्छुक छौं : राजदुत चौधरी

रामेछाप । रामेछाप र काभ्रेको सिमा सुनकोशी नदीमा निर्माण हुने जलासययुक्त सुनकोशी ३ जलविद्युत आयोजनामा लगानी गर्न बंगलादेश ईच्छुक रहेको नेपालका लागि बंगलादेशका राजदुत सलाउद्धिन नोमन चौधरीले वताएका छन् ।
आयोजनाको बाँध निर्माण स्थलमा आज पुगेका चौधरीले जलविद्युत आयोजनामा लगानीका लागि बंगलादेश नेपाल संग मिलेर काम गर्न तयार रहेको र त्यसका लागि सवैको सहयोग आवश्यक रहेको वताए । उनले आयोजनाको बाँध, उत्पादन गृह निर्माण हुने क्षेत्र र डुवानमा पर्ने वस्तीको समेत अवलोकन गरेका थिए ।
कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सुनकोशी ३ जलविद्युत आयोजनाको प्रभावित हुने क्षेत्र न्यून रहेको औंल्याउदै उक्त आयोजना निर्माणमा उच्च चासो दिएको वताए । उनले आयोजना निर्माणका लागि वंगलादेश संग धेरै चरणमा वार्ता भइसकेको र भारत सरकार समक्ष पनि कुरा अघी बढाइएको वताए ।
विद्युत वजार वंगलादेश र भारत संग मिलेर नेपालमा विद्युत निर्माण गर्न सक्दा सरकार सरकार विचको सम्बन्ध सुद्धृढ हुनुका साथै लगानी र वजारका लागि अन्यत्र जानु नपर्ने वताए । जलासययुक्त आयोजना निर्माण गर्दा उर्जाका साथै पर्यटन क्षेत्रको समेत विकास गर्न सकिने उनले जिकिर गरे ।
काभ्रेको तेमाल र रामेछापको खाँडादेवि गाउँपालिकाको विचमा पर्ने सुनकोशीको लुभुघाट नजिक १ सय ८० मिटर उचाईको बाँध निर्माण गरी सुनकोशीको पानी जलासयमा जमाएर ६ सय ८३ मेघावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिइएको छ । बाँध स्थलबाट २ वटा सुरुङबाट पानी लगेर काभ्रेको तित्रेटारमा खसाली उत्पादन हुने विद्युत २५ किलोमिटर प्रशारणलाईनबाट सुनकोशी मरीण डाईभर्सन आयोजनाको सव–स्टेशनमा लगेर केन्द्रीय प्रशारणलाईनमा जोडिने लक्ष्य रहेको छ । आयोजना निर्माण गर्दा १ हजार ५ सय ६५ परिवार विस्तापित हुने जनाइएको छ ।

क्याटेगोरी : अर्थ, समाचार
ताजा अपडेट
- १ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- २ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ३ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ४ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ५ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ६ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
- ७ रामेछाप जेसिजद्वारा विद्यार्थीका लागि ट्राक सुट वितरण
- ८ बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा चिवतन प्रथम
प्रतिक्रिया दिनुहोस