सुनकोशी ३ मा लगानी गर्न इच्छुक छौं : राजदुत चौधरी
रामेछाप । रामेछाप र काभ्रेको सिमा सुनकोशी नदीमा निर्माण हुने जलासययुक्त सुनकोशी ३ जलविद्युत आयोजनामा लगानी गर्न बंगलादेश ईच्छुक रहेको नेपालका लागि बंगलादेशका राजदुत सलाउद्धिन नोमन चौधरीले वताएका छन् ।
आयोजनाको बाँध निर्माण स्थलमा आज पुगेका चौधरीले जलविद्युत आयोजनामा लगानीका लागि बंगलादेश नेपाल संग मिलेर काम गर्न तयार रहेको र त्यसका लागि सवैको सहयोग आवश्यक रहेको वताए । उनले आयोजनाको बाँध, उत्पादन गृह निर्माण हुने क्षेत्र र डुवानमा पर्ने वस्तीको समेत अवलोकन गरेका थिए ।
कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सुनकोशी ३ जलविद्युत आयोजनाको प्रभावित हुने क्षेत्र न्यून रहेको औंल्याउदै उक्त आयोजना निर्माणमा उच्च चासो दिएको वताए । उनले आयोजना निर्माणका लागि वंगलादेश संग धेरै चरणमा वार्ता भइसकेको र भारत सरकार समक्ष पनि कुरा अघी बढाइएको वताए ।
विद्युत वजार वंगलादेश र भारत संग मिलेर नेपालमा विद्युत निर्माण गर्न सक्दा सरकार सरकार विचको सम्बन्ध सुद्धृढ हुनुका साथै लगानी र वजारका लागि अन्यत्र जानु नपर्ने वताए । जलासययुक्त आयोजना निर्माण गर्दा उर्जाका साथै पर्यटन क्षेत्रको समेत विकास गर्न सकिने उनले जिकिर गरे ।
काभ्रेको तेमाल र रामेछापको खाँडादेवि गाउँपालिकाको विचमा पर्ने सुनकोशीको लुभुघाट नजिक १ सय ८० मिटर उचाईको बाँध निर्माण गरी सुनकोशीको पानी जलासयमा जमाएर ६ सय ८३ मेघावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिइएको छ । बाँध स्थलबाट २ वटा सुरुङबाट पानी लगेर काभ्रेको तित्रेटारमा खसाली उत्पादन हुने विद्युत २५ किलोमिटर प्रशारणलाईनबाट सुनकोशी मरीण डाईभर्सन आयोजनाको सव–स्टेशनमा लगेर केन्द्रीय प्रशारणलाईनमा जोडिने लक्ष्य रहेको छ । आयोजना निर्माण गर्दा १ हजार ५ सय ६५ परिवार विस्तापित हुने जनाइएको छ ।
क्याटेगोरी : अर्थ, समाचार
ताजा अपडेट
- १ गए राति १२ बजेदेखि मौन अवधि सुरु
- २ रामेछापमा गाडी दुर्घटना : दुईकाे मृत्यु ७ घाइते
- ३ कम्युनिष्ट पार्टीलाईलाई सघाउने हल्ला निराधार : उज्यालो नेपाल पार्टी
- ४ उमाकुण्डका प्रभावशाली नेता हिक्मत ,रामचन्द्रले टिकेट पाएसँगै फर्किए कांग्रेस
- ५ कांग्रेसकाे चुनावी अभियान प्रभावकारी बनाउन वडा स्तरमा समिति बिस्तार
- ६ लामिछानेका विश्वास पात्र प्रणय शमशेर राणाले छाडे रास्वपा
- ७ सवारी दुर्घटनाका पिडितसँग प्रशासनकाे ११ बुदे सहमति क्षतिपूर्ति तत्काल उपलब्ध गराउन निर्देशन,
- ८ रामेछापमा भएकाे बस दुर्घटना प्रति कांग्रेस उमेदवार खड्काद्वारा शाेक व्यक्त















प्रतिक्रिया दिनुहोस