• काेसिस न्यूज
  • प्रतिनिधि दाेहाेर्याउने की बदल्ने जनताकाे हातमा छ :- पुर्व मन्त्रि बानियाँ


    रामेछाप – राम्रो काम गर्ने जनप्रतिनिधि दाेहाेर्यउने र राम्रो काम नगर्ने जनप्रतिनिधि बदल्ने अधिकार जनताकाे हातमा भएकाे
    नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ,संसदीय दलका नेता तथा पुर्व गृहराज्य मन्त्रि इन्द्र बानियाँले बताएका छन् ।अाइतबार गाेकुलगंगा गाउपालिका पुगेका नेता बानियाँले यस्ताे बताएका हुन ।

    रामेछाप जिल्लाकाे गाेकुलगंगा गाउपालिकाकाे प्रशासन भवन उत्घाटन तथा प्रशासकीय भवन सिल्यास कार्यक्रममा बाेल्ने क्रममा बानियाँले जनप्रतिनिधिले जनतामुखि,गाउँ मुखि र गरिब मुखि काम गर्नुपर्ने बताउदै उनले राम्रो काम गर्ने जनप्रतिनिधिलाई दाेहाेर्याउने र राम्रो काम नगर्नेलाइ जनताले बदल्ने बताएका हुन् । उनले भने प्रतिनिधि जनताकाे सेवक हाे शासक हाेइन ।

    त्यसैगरी कार्यक्रममा नेता बानियाँले पालिकाकाे स्थानिय स्राेत र साधनकाे खाेजि गरि स्थानिय उत्पादनलाई प्राेत्साहन गर्न र विदेशी ब्रान्डलाई निरुत्साहन गर्नुपर्ने बताउदै अात्मानिर्भर बन्न कृषिमा जाेड दिन पर्ने बताए ।

    त्यसैगरि कार्यक्रममा जिल्ला समन्वय प्रमुख चिना खड्काले स्थानिय तहले नागरिकलाई सेवा प्रवाहमा सहजिकरण गर्न र जेष्ठ नागरिककाे सामाजिक सुरक्षा भत्तालाइ घर- घर पुर्याउने प्रयास गर्न अाग्रह गरेकी छन् । जेष्ठ नागरिकलाई भत्ता लिनका लागि बैंक र पालिका धाउन असहज भएकाे बताउदै उनले घरघरमा सेवा पुर्याउन अाग्रह गरेकी छिन् ।

    कार्यक्रममा लिखुतामाकाेसि गाउपालिकाका अध्यक्ष केशब महतले जुनसुकै राजनितीक दलबाट निर्वाचित भएपनि विकास र सम्वृद्वीका लागि सबै मिलेर काम गर्नुपर्ने बताए । त्यस्तै पालिकाकी निवर्तमान उपाध्यक्ष राधिका श्रेष्ठले पालिकाकाे कुनैपनि काममा सम्पुर्ण सहयाेग रहने बताइन् ।

    कार्यक्रम पालिका अध्यक्ष दिनेश खड्काकाे अध्यक्षता तथा
    नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ,संसदीय दलका नेता तथा पुर्व गृहराज्य मन्त्रि इन्द्र बानियाँकाे प्रमुख अातित्थ्यतामा भएकाे थियोे । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिपक पहाडी , रामेछाप प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजकुमार थिङ, सशस्त्र प्रहरी नायव उपरीक्षक केशवराज प्याकुरेलकाे उपस्थिति रहेकाे थियाे ।


    क्याटेगोरी : राजनीति, समाचार

    प्रतिक्रिया दिनुहोस