जापानी पुर्वप्रधानमन्त्री अाबेकाे गाेली लागेर मृत्यु

जापानका पुर्व प्रधानमन्त्री शिन्जाे अाबेकाे गोली लागेर मृत्यु भएकाे छ । गाेली प्रहार भएपछि गम्भीर घाइते भएका जापानका ६७ वर्षीय पूर्वप्रधानमन्त्री आबेको निधन भएको जापानी सञ्चारमाध्यमहरूले जनाएका छन्।
नारा सहरमा आयोजित एउटा राजनीतिक कार्यक्रमलाई सम्बाेधन गर्न पुगेका बेला आबेमाथि गोली प्रहार भएको थियो ।
कार्यक्रममा भाषण गरिरहेका शिन्जो आबेलाई दुई पटक गोली हानिएको थियो। दोस्रो गोली उनको गर्दनमा लागेको थियो ।
सन्दिग्ध आक्रमणकारी ४१ वर्षीय पुरुष भएको बताइएको छ । उनी प्रहरी हिरासतमा छन्। ती व्यक्ति भूतपूर्व जलसैनिक भएको बताइएको छ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ लुटपाट गर्ने एक पुरुष पक्राउ
- २ देउसी खेलेकाे पैसाले खाजा खाएर आफ्नाे गाउँ आफै जाेगाऊ अभियानमा गाइखुराका माझी
- ३ सगरमाथा आरोहणबारे अनुगमन गर्न आधार शिविरमा पर्यटनमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल
- ४ युनियनले २० बुदे घाेषणापत्र जारी गर्दै पूरा गर्याे अन्तर्राष्ट्रिय लाेमन्थाङ मिडिया समिट
- ५ प्रेस युनियनकाे आयाेजनामा बैशाख २७ देखि ३० सम्म अन्तर्राष्ट्रिय मिडिया समिट हुदै
- ६ भारत पाकिस्तान तनावबारे नेपालकाे धारणा सार्वजनिक
- ७ बागमती प्रदेशभर आज सार्वजनिक बिदा
- ८ उत्कृष्ट सुचना अधिकारी २०८२ बाट मन्थलीका सुचना अधिकारी बुढाथोकी सम्मानित
प्रतिक्रिया दिनुहोस