अर्थमन्त्री शर्माको राजिनमा

काठमाण्डौं । अर्थ मन्त्री जनार्दश शर्मा प्रभाकरले बुधबार अर्थ मन्त्री पद बाट राजिनामा गरेको घोषणा गरेका छन् । संघीय संसदमा संवोधनको क्रममा संसदिय समितिलाई छानविनका लागि सहज वनाउनका लागि राजिनामा दिएको शर्माले दावि गरे ।
आगामी आर्थिक बर्षको बजेट बनाउने क्रममा अनधिकृत व्यक्तिलाई संवेदनसिल मानिने राजश्वको दर हेरफेर गर्नका लागि लगाएको विषय बाहिरीएपछि महिना दिन देखि उनको आलोचना सहित राजिनामाको माग हुदै आएको थियो । उनले उक्त कार्यमा अवान्छित विचौलियालाई लगाएको प्रमाण सहित विभिन्न संचार माध्यममा समाचार प्रकाशित भएपछि उक्त विषय छानविन हुनु पर्ने माग सडक र सदनमा हुदै आएको थियो । मन्त्री परिषदका केहि सदस्यले समेत शर्माले राजिनामा दिनु पर्ने वताएका थिए ।
यसैविच बजेट निर्माणमा विचौलियाको प्रवेश र राजश्वको दर परिवर्तन गरेको विषय अव संसदिय समितिले छानविन गर्ने भएको छ । संसदले बुधबारनै ११ सदस्यीय संसदिय छानविन समिति गठन गरेको छ । उक्त समितिमा सत्तारुढ दलका अतिरीक्त प्रमुख प्रतिपक्ष दलका सांसदहरु सदस्य रहेका छन् । समितिले अर्थ मन्त्रालयमा बजेट वनाउने विषय देखि सिसीटिभि फुटेज हटाएको विषयमा समेत छानविन गर्नेछ । संसदिय व्यवस्थामा कुनै पनि विषयको छानविनका लागि संसदिय छानविन समिति वनाउने कुरा महत्वपूर्ण र गम्भिर विषयको रुपमा लिने गरिन्छ ।

क्याटेगोरी : अर्थ, राजनीति, समाचार
ताजा अपडेट
- १ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- २ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ३ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ४ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ५ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ६ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
- ७ रामेछाप जेसिजद्वारा विद्यार्थीका लागि ट्राक सुट वितरण
- ८ बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा चिवतन प्रथम
प्रतिक्रिया दिनुहोस