बामदेबले घोषणा गरे नयाँ राजनीतिक दल

काठमाडौ — नेकपा एमालेका नेता बामदेव गौतमले औपचारिक रुपमा फरक दलको घोषणा गरेका छन् । नेकपा एमालेका पूर्वउपाध्यक्ष समेत रहेका गौतमले नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान नामको नयाँ राजनीतिक दल घोषणा गरेका हुन् । मंगलबार दिउँसो एक कार्यक्रमका बीच उनले नयाँ दल घोषणा गरे ।
काठमाण्डौंको भृकुटीमण्डपस्थित रिपोर्ट्स क्लबमा आयोजित कार्यक्रममा घोषणा गरिएको ६९ सदस्यीय उक्त दलको सचिवमा डिबी कार्की रहेका छन् । एकता राष्ट्रिय अभियान प्रचार संयोजक निमकान्त पाण्डेका अनुसार समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी) र निर्वाचन आयोगमा दर्ता नभएका आम नेपाली पार्टी र स्वतन्त्र वामपन्थी समूह मिलेर वामदेवको नेतृत्वमा नयाँ दल घोषणा गरिएको हो ।
उक्त दलमा गौतमका छोरा हरिसदेव र पत्नी तुल्सा थापा पनि केन्द्रीय समिति सदस्यको रुपमा रहेका छन् । नेता गौतमले यसअघि नै नेकपा एमालेबाट अलगिएर नेकपा एकता अभियान गठन गरेका थिए ।्
तत्कालीन नेकपा विघटन भएपछि गौतम नेकपा एमालेमा आवद्ध थिए । एमालेबाट राजीनामा दिएर गौतमले आफ्नै नेतृत्वमा नेकपा एकता राष्ट्रिय अभियान गठन गरेका थिए । सोही अभियानको विस्तारित रुपमा हाल पार्टी घोषणा भएको गौतमका स्वकीय सचिव दीपक टमाटाले जानकारी दिएका छन् ।
नेता गौतम तिनै हुन जसले यस अघि पनि नेकपा एमालेबाट चोईटिएर नेकपा माले नामको राजनीतिक दल घोषणा गरेका थिए । २०५४ सालमा सरकारको गृह मन्त्री रहेका बेला देशभर एमालेलाई जिताउन राज्यशक्तीको प्रयोग गरेका गौतमले पार्टी फुटाएर गठन गरेको नेकपा मालेले २०५६ को आम निर्बाचनमा देशभर आफ्ना उम्मेदवार उठाएको थियो । तर १ जना पनि सांसद विजय गराउन नसकेको उक्त दल पछि एमाललेमै विलय भएको थियो ।

क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर जबराकाे निधन
- २ सामाजिक सुरक्षा काेष स्थापना गर्न पत्रकारलाई मुख्यमन्त्री जम्कट्टेलकाे आग्रह
- ३ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- ४ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ५ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ६ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ७ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ८ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
प्रतिक्रिया दिनुहोस