मन्त्रीमण्डल पुर्नगठन
काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आईतबार मौजुदा मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार प्रधानमन्त्री देउवाले एकीकृत समाजवादीका मन्त्रीहरू हेरफेर गर्दै मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।
पुनर्गठित मन्त्रिमण्डलमा सहरी विकास मन्त्रीमा मेटमणि चौधरी, पर्यटन मन्त्री जीवनराम श्रेष्ठ, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा भवानीप्रसाद खापुङ, श्रममन्त्रीमा शेरबहादुर कुँवर र स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसीलाई नियुक्त गरिएको छ । आइतबार मात्रै एकीकृत समाजवादीका चार मन्त्रीले राजीनामा दिएका थिए । नवनियुक्त मन्त्रीहरूको सोमबार बिहान ११ बजे सपथ ग्रहण हुनेछ ।
एकिकृत समाजवादीबाट मन्त्रीमण्डलमा रहेका मन्त्रीहरु हेरफेर गर्ने विषयले महिना दिन अघी देखि चर्चा पाएको थियो । पार्टीले ६ महिनामा मन्त्रीहरुलाई परिवर्तन गर्ने पूर्ववत निर्णय भएकोले त्यसलाई कार्यान्वयन गर्ने निर्णय गरे सगैं मन्त्रीमण्डल हेरफेरको चर्चा चलेको थियो । यद्यपी यसविचमा बजेट लगाएतका कार्यले साविकका मन्त्रीले नै कामकाज गर्दै आएका थिए ।
समाजवादीका बरिष्ठ नेता झलनाथ खनाल लगाएतले पार्टीको निर्णय कार्यान्वयनका लागि प्रधानमन्त्री देउवालाई दवाव दिएका थिए । समाजवादीमा मन्त्री छोड्ने र नछोड्ने कुराले पनि केहि दिन घर गरेको थियो । यद्यपी नयाँ मन्त्री बन्ने वातावरणकै लागि समाजवादीबाट मन्त्री भएकाले आईतबारनै राजीनामा गरेका थिए ।



क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- २ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ३ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ४ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ५ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ६ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
- ७ रामेछाप जेसिजद्वारा विद्यार्थीका लागि ट्राक सुट वितरण
- ८ बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा चिवतन प्रथम
प्रतिक्रिया दिनुहोस