कुटपिटमा सम्लग्नलाई कारवाहि हुन्छ : काँग्रेस

रामेछाप – मन्थली नगरपालिका ३ कठजोरमा शनिबार स्थानीय तहको निर्वाचनमा हार वेहोरेको विषयमा समिक्षा गर्न डाकिएको बैठकमा सहभागिलाई अन्धाधुन्ध कुटपिट गरेको घटनालाई नेपाली काँग्रेस रामेछापले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
जिल्ला सभापति पूर्णवहादुर तामाङ ( कान्छाराम ) ले विज्ञप्ती जारी गर्दै घटनाले पार्टीको मूल्य मान्यता चोट पुगेको जनाएका छन् । उनले उक्त अराजक गतिविधिको निन्दा गर्दै दोषीलाई पार्टीको विधान र नियमावली बमोजिम कारवाहि अगाडि बनाइने उल्लेख छ ।
शनिबार कठजोरको भेलामा पुगेका प्रदेश क का सदस्य प्रदीप रोकाले गत स्थानीय तहको निर्वाचनमा अन्तरघात भएको भन्दै जो अगाडि प¥यो त्यसैलाई आक्रमण गरेका थिए । आक्रमणबाट महाधिवेश प्रतिनिधि युवराज भट्टराई, प्रदेश महाधिवेशन प्रतिनिधि नारायण भट्टराई, निवर्तमान वडा अध्यक्ष केशव रोका, इकाई सभापति कमल केसी, युवा नेता संतोष भट्टराई र योगेन्द्र श्रेष्ठ लगाएतका नेता तथा कार्यकर्ता घाईते भएका थिए । घाईतेको तामाकोशी अस्पतालमा सामान्य उपचार पछि घर पठाइएको छ ।
बैठकमा मादक पदार्थ सेवन गरी पुगेका रोकालाई प्रहरीले नियन्त्रणमा लिई शनिबारनै हिरासतमा राखेको छ । प्रहरी नायव उपरिक्षक राजकुमार थिङका अनुसार उनी माथि के कस्तो कारवाहि गर्ने भन्ने विषय पिडितको जाहेरी पछि मात्रै आवश्यक कारवाहि अघी बढाईने छ ।

क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर जबराकाे निधन
- २ सामाजिक सुरक्षा काेष स्थापना गर्न पत्रकारलाई मुख्यमन्त्री जम्कट्टेलकाे आग्रह
- ३ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- ४ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ५ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ६ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ७ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ८ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
प्रतिक्रिया दिनुहोस