एमाले बहिष्कारका बिच बजेट पारित
काठमाडौं । एमालेले संसद वहिष्कार गरेर निस्किए पनि विहिबार संसदले विनियोजन विधेयक २०७९ पारित गरेको छ । प्रतिनिधिसभा बैठकले बहुमतको आधारमा विनियोजन विधेयक २०७९ पारित गरेको हो ।
बजेटमाथि उठेका सवालको जवाफ दिन अर्थमन्त्री जनार्दन शर्मा रोष्टममा पुग्दा एमालेका सांसदहरुले उठेर विरोध जनाएका थिए । अर्थमन्त्रीको जवाफ नसुनेर उभिएरै विरोध जनाइरहेका एमाले सांसदहरु सदनबाट बाहिरीएपछि पनि पूर्व निर्धारीत कार्यक्रम अनुसार सभामुखले नियमित प्रकृया अघी बढाएका थिए । त्यस अघी एमाले सांसदले संसदमा बोकेको कुरा अमर्यादित भन्दै सभामुखले उक्त बोली रेकर्डबाट हटाउने उल्लेख गरेका थ्एि ।
अर्थ मन्त्री शर्माले संसदमा उठेका प्रश्नको जवाफ दिन खोज्दा अर्थमन्त्रीको जवाफ अनावश्यक रहेको र बजेट निर्माण अनधिकृत व्यक्तिको हस्तक्षेपका विषयमा छानबिन नभएको भन्दै एमालेले संसद बहिष्कार गरेको थियो । अर्थमन्त्रीको जवाफ सकिनासाथ एमाले प्रमुख सचेतक विशाल भट्टराईले प्रमुख प्रतिपक्षको विरोधलाई बेवास्ता गरिएको भन्दै संसद बहिष्कारको घोषणा गरेका थिए ।
यसअघि केही सांसदले प्रस्तुत गरेका विनियोजनक विधेयकमाथिको बजेट कटौतीका प्रस्तावलाई बैठकबाट बहुमतले अस्वीकृत गरेको थियो । अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको विनियोजन विधेयक २०७९ लाई बैठकबाट बहुमतले पारित गरेको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरेका थिए ।
गत १५ जेठमा संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०८९८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गरेका थिए । सो क्रममा १७ खर्ब ९३ अर्ब ८३ करोड बजेट पेस गरेका थिए । गत १७ जेठदेखि निरन्तर मन्त्रालयगत एजेण्डामाथि छलफल भएको थियो ।
बजेट पारित भए सगैं सरकारलाई २०७९ श्रावण १ देखि खर्च गर्ने बाटो फुकेको छ । साउन देखिनै राजश्वका परिवर्तित राजश्वका दर लागू हुनेछन् ।
संसदबाट बजेट पारित भए सगैं अव सरकारको ध्यान मन्त्रीहरु हेरफेरमा केन्द्रीत भएको छ । एकिकृत समाजवादीले सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता वोलाएर नयाँ अनुहारलाई मन्त्री बनाउने प्रश्ताव यस अघी गरिसकेको छ । बजेट विचाराधिन रहेकोले पारित नहुदा सम्म साविककै मन्त्री राख्ने अडान प्रधानमन्त्री शेरवहादुर देउवालले गरेकाले केहि दिनका लागि मन्त्री हेरफेरको कार्य रोकिएको थियो । संभवत चाडैनै सरकारमा नयाँ अनुहार मन्त्री हुनेछन् ।
क्याटेगोरी : अर्थ, राजनीति, समाचार
ताजा अपडेट
- १ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- २ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ३ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ४ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ५ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ६ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ७ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास
- ८ पत्रकार महासंघकाे स्थापना दिवसमा रामेछापमा विविध कार्यक्रम















प्रतिक्रिया दिनुहोस