अाजबाट मतदाता नामावली संकलन सुरु
काठमाडौं – निर्वाचन आयोगले अाजबाट मतदाता नामावली संकलन सुरु गर्ने भएकाे छ । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मतदाता नामावली संकलन आजबाट
सुरु गर्ने भएकाे हाे ।
देशभरका सबै जिल्ला निर्वाचन कार्यालय प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली सङ्कलन अाजबाट सुरु गरिदै छ ।
विभिन्न पेशा , व्यवसाय तथा अन्य कामकाे सिलसिलामा अाफ्नाे जिल्ला बाहिर रहेका नागरिकले निजको स्थायी ठेगानामा रहने गरी हाल बसोबास गरिरहेको स्थानबाट उक्त जिल्लाकाे निर्वाचन कार्यालयमा गई मतदाता नामावली दर्ता गर्न सकिने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताएका छन् ।
मतदाता नामावलीमा रहेको आफ्नो नाम, ठेगाना, जन्म मिति तथा अन्य विवरण सच्याउनका लागि अाफ्नाे प्रमाणपत्र सहित निवेदन दिएमा नाम दर्ता अधिकारीले त्रुटि सच्याउने समेत सकिने प्रवक्ता पाैडेलले जानकारी दिएका छन् । त्यसैगरी मतलाता नामावलीमा रहेकाे ठेगाना परिवर्तन गर्न परेमा पनि साविकमा नाम दर्ता भएको जिल्ला वा नाम सार्न चाहेको जिल्लाको निर्वाचन कार्यालयमा निवेदन दिन सकिनेछ ।
मतदाताले आफ्नो नाम रहेको मतदान स्थलबाट पायक पर्ने सोही वडाको अर्को मतदान स्थलमा नाम सार्न चाहेमा निर्वाचन कार्यालयमा निवेदन दिएर स्थानान्तरण गर्न सकिने पाैडेले जानकारी दिएका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ रामेछापमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु
- २ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- ३ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ४ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ५ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ६ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ७ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ८ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन













प्रतिक्रिया दिनुहोस