रामेछाप जिल्ला समन्वय प्रमुखमा काँग्रेसकी कार्की

रामेछाप । जिल्ला समन्वय समिति रामेछापको प्रमुखमा गठवन्धनकी उम्मेदवार नेपाली काँग्रेसकी नेतृ चीना खड्का कार्की निर्वाचित भएकी छिन् । कार्की ९ मत सहित निर्वाचित भएकी हुन । अाइतबार भएकाे निर्वाचनमा प्रमुख पदका लागि प्रत्यासि नेकपा एमालेका तुलप्रसाद कँडेलले ६ मत पाएका थिए । निर्वाचनका लागि काँग्रेस र माओवादी केन्द्रको गठवन्धन थियो ।
जिल्ला समन्वयको निर्वाचनका लागि ८ पालिकाका १६ जना मतदाता रहेकोमा प्रमुखका लागि १५ मत मात्र परेको थियो ।
उप प्रमुखमा माओवादी केन्द्रका प्रेमसागर थापा निर्वाचित भएका छन् । उनले १० मत पाए भने उनका प्रत्यासी नेकपा एमालेकी सावित्री सुनुवारले ६ मत पाएकी थिईन । जिससमा प्रमुख सहित ४ पदमा काँग्रेस र उप प्रमुख सहित ५ पदमा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् ।
प्रमुख पदमा निर्वाचिन कार्की उमाकुण्ड २ बाम्तीबाट निर्वाचित महिला सदस्य हुन । यस अघी कार्कीले काँग्रेसको विभिन्न तहमा रहेर कार्य गरेको अनुभव संगालेकी छिन् । उप प्रमुख थापा सुनापति ५ खनियापानीबाट निर्वाचित वडा सदस्य हुन ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ शैक्षिक आन्दोलन र शिक्षक
- २ विद्यालयमा खानेपानी व्यवस्थापनका लागि मुक्तिनाथ बैंककाे सहयाेग
- ३ कक्षा १२ काे परीक्षा स्थगित
- ४ एनडिसीमा श्रमिकको मुद्दा सुनिश्चित: वनमन्त्री शाही
- ५ रामेछाप खाँडादेविका एक पुरुषले गरे श्रीमतीकाे हत्या , छाेराछाेरी घाइते
- ६ बालमैत्री नगर घाेषणाले फाइदा नै फाईदा हुन्छ : समन्वय प्रमुख खड्का
- ७ कांग्रेसको महाधिवेशन समयमै हुनुपर्छ : नैनसिंह महर
- ८ प्रसंसा कारिताले पत्रकारिता चल्दैन : युनियन महासचिव पाैडेल
प्रतिक्रिया दिनुहोस